» » प्रदेश २ मा दलित विकास समिति गठन

काठमाडौं फागुन ६ गते ।  प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ ।

 प्रदेश २ मन्त्रिपरिषद्को बैठकले प्रदेश दलित सशक्तिकरण ऐनको प्रयोग गरी सो समिति गठन गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।

समितिको उपाध्यक्षमा रामप्रवेश वैठा तथा सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा, सिरहाकी सुनिता मरिक रहेका छन् ।  


प्रदेश २ मा झण्डै १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायसँग हुने विभेदलाई सम्बोधन गर्न प्रदेशस्तरीय संयन्त्र निर्माण भएको जनाइएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..