» » काजल अग्रवाललाई लागेको छ यस्तो रोग

दक्षिण भारतीय सिनेमाका साथै बलिउडमा पनि आफ्नो जादु बिछ्याउन सफल अभिनेत्री काजल अग्रवाल सोसल मिडियामा निकै सक्रिय छिन् । 

काजल आफ्ना प्रशंसकसँग सोसल मिडियामार्फत् जोडिने गर्छिन् । हालै काजल अग्रवालले इन्स्टाग्राममा आफ्नो नयाँ तस्बिर साझा गरेकी छिन् जसमा उनले आफ्नो रोगबारे खुलासा गरेकी छिन् । काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई दम रोग भएको जानकारी दिएकी छिन् । 

साथै उनले इन्हेलरको महत्वमाथि पनि जोड दिए । काजलको पोस्ट पढेर प्रशंसक उनीसँग निकै प्रभावित भएको पनि देखिएका छन् । सिंघमकी नायिकाले पोस्टमार्फत् आफूले दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् । 

काजल अग्रवालले तस्बिर साझा गर्दै लेखिन्, ‘जब मलाई पाँच वर्षको उमेरमा आफूलाई ब्रोन्कियल अस्थमाबारे थाहा भयो तब मलाई राम्रोसँग याद छ कि त्यतिबेला मलाई मनपर्ने खानबाट बन्देज लगाइएको थियो । के तपाईं सोच्न सक्नुहुन्छ कि एक बच्चाका लागि दुधबाट बनेको सामान र चकलेटबाट टाढा बस्न कति मुश्किल रह्यो होला । यो मेरा लागि निकै मुश्किल थियो र यो पनि होइन कि जब म हुर्किदैँ गएँ तब मेरा लागि सबैकुरा सहज हुनथाल्यो ।’

काजलले थपिन्, ‘यात्रा गर्दा मलाई धुँवा धुलोजस्ता चिजले अत्यधिक तनावमा पार्ने गर्दथ्यो । मेरो दमको रोग बढ्न थालेको थियो । धुँवा धुलोमो हुँदा मलाई सास फेर्न गाह्रो हुन्थ्यो । त्यसपछि मैले यो समस्याबाट निजात पाउनका लागि इनहेलर राख्न सुरु गरेँ । जतिबेला मलाई सास फेर्न समस्या हुन्छ, तब म यसको प्रयोग गर्छु ।’

इनहेलरको महत्व बुझाउँदै उनले थपिन्, ‘म आफैंले परिवर्तन भएको महसुस गरेकी छु । इन्हेलरको प्रयोगले मैले असाध्यै आराम महसुस गरेँ । तपाईंले यसको प्रयोग गर्न लजाउनु पर्दैन । जो मानिसहरु यो समस्यासँग जुधिरहेका छन्, उनीहरुलाई यसबारे जागरुक गराउनुपर्छ । म आफ्ना साथीहरु, प्रशंसक र परिवारलाई इन्हेलरबारे मानिसहरुलाई जानकारी गराउन अपिल गर्छु । प्रशंसकलाई काजलको यो पोस्ट असाध्यै मनपर्यो र यसरी खुलेर कुरा गरेकोमा प्रशंसकले उनको तारिफ पनि गरिरहेका छन् ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..