» » काँग्रेसले यसकारण चाहदैन जनआन्दोलन

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गर्नुभयो । त्यही दिनदेखि आन्दोलनको सुरुवात भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल त्यही दिनदेखि आन्दोलनको घोषणा गर्दै सडकमा निस्के तर ती तीनटै दल छुट्टा छुट्टै आन्दोलन गरिरहेका छन् ।

 पुस ५ र ६ गते यी तीन दलको बीचमा भएको सहमति अनुसार प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्ने तयारी थियो । आआफ्नो पार्टीमा छलफल गरेर संयुक्त आन्दोलनमा जाने सहमति गरेको थियो तर हालसम्म त्यस्तो वतावरण बन्न सकेको छैन । तीनटै दल तीनतिर फर्केर बसेको छ । खासगरि नेपाली काँग्रेस संयुक्त आन्दोलनका लागि तयार भएका छैनन् । 

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले काँग्रेसविना संयुक्त आन्दोलन नहुने बताउनु भएको छ । काँग्रेस प्रतिपक्षी दल हुनुको साथै देशको ठूलो लोकतान्त्रिक पार्टी हो त्यसलै संयुक्र आन्दोलनका लागि काँग्रेस तयार हुनुपर्ने बताउनुभयो । यद्यपी संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डा बन्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो । 

नागरिक समाजका अगुवाहरु नागरिक आन्दोलन भन्दै सडकमा निस्कि सकेका छन् तर यी तीन दलको कुनै सुरसार छैन । एक्लाएक्लै कार्यक्रमहरुको घोषणा गर्दै हिडेका छन् । नेपाली काँग्रेस भातृ संस्था, शुभेच्छुक तथा जिल्लास्तरमा आफ्नो कार्यक्रम सिमित गरेको छ । उसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र फागुन ३ गते जिल्लास्तरीय विरोध कार्यक्रम तय गरेको छ । 

यसअघि उसले प्रधानमन्त्री ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र  माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शनका कार्यक्रम सम्पन्न गरिसकेका छन् । त्यस्तै, त्यसअघि केन्दस्तरका प्रदर्शन, सभाहरु सम्पन्न गरिसकेका थिए । 

यता आन्दोलनरत जनता समाजवादी पार्टी नेपाल पनि आफूलाई जिल्ला र वडा तहमा सिमित गरेको छ । जसपाले माघ२९गते आफ्नो तेस्रो चरणको कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । माघ२३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ२७ गते पालिका र माघ२९ गते वडा तहमा समायोजन सँगसँगै पुतलादहनरमसाल जुलुस लगायत कार्यक्रमसमापन गरेको छ । यता, नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–ओली समूह) ले पनि तेस्रो चरणका कार्यक्रम सम्पन्न गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम चाँडै घोषणा गर्ने तयारीमा रहेका छन् । 

माघ १३ गते सिटी जुलुस, माघ १४ गतेदेखि माघ २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, माघ २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते मसाल जुलुस र माघ २८ गते काठमाडौंमा वृहत विरोध सभा सम्पन्न गरिसकेको छ । यसरी छुट्टा छुट्टै आन्दोलन गरिरहँदा नेकपा अ‍ोली समूहका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई समिजलो भएको छ ।

 तीन दल तीनतिर भएर आन्दोलन गर्दा उहाँलाई खासै दवाव परेको छैन र उहाँ चुनावको तयारी आफ्नो अनुकुल गरिरहनु भएको छ । नागरिक आन्दोलनको अगुवाई गरिरहेका युगपाठकले पनि दलहरु कन्फ्युज भएको कारणले जनआन्दोलनको रुप नलिइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको कदम गलत हो, प्रधानमन्त्रीले चालेको कदम प्रतिगमन हो भने कुरा सबै दलले भनिरहेका छन् तर उनीहरु आफ्नो एजेण्डामा नै कन्फ्युज रहेको दावी गर्नुभयो । 

नेपाली काँग्रेस र जसपा नेपाल आन्दोलनको नाममा चुनावको तयारी गरिरहेका छन् त्यही भएर आन्दोलनले स्पष्ट दिशा नलिएको पाठकको दावी छ । तीन दलमध्ये नेकपा मात्र अहिले केन्द्रस्तरको वृहत कार्यक्रमको आयोजना गरेको छ । 

नेकपा प्रचण्ड समूहका अध्यक्ष प्रचण्डले फागुन १ गतेदेखि जनआन्दोलन हुने घोषणा एक हप्ता अघि नै गर्नुभएको थियो तर यो समाचार तयार पर्दासम्म आन्दोलनकारी दलको बीचमा कुनै प्रकारको छलफल नभएको बताइन्छ । नेपाली काँग्रेसका नेता रमेश लेखकले भन्नुभयो, काँग्रेस पार्टीले संयुक्त आन्दोलन गर्ने पक्षमा छैन, र त्यस्तो कुनै निर्णय पनि गरेको छैन, अरु ककसलाई संयुक्त आन्दोलन गर्नुछ गरोस् तर काँग्रेस पार्टी संयुक्त आन्दोलन गर्ने पक्षमा छैन ।’

यति कुरा स्पष्ट पारिसकेपछि फागुन १ गतेदेखि जनआन्दोलन नहुने कुरा स्पष्ट हुन्छ । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता जनआन्दोलन नै हो तर भन्ने वित्तिकै त्यस्तो आन्दोलन नुहुने बताउनुभयो । 

जनआन्दोलनका लागि जसपा नेपाल तयार भएपनि काँग्रेस तयार नभएको उहाँले दावी गर्नुभयो । राजनीतिक विश्लेषक तुलनारायण साह भन्नुहुन्छ, ‘प्रधानमन्त्री ओलीको कदम गलत हो भने कुरा सबै दलले भनिरहेका छन् तर त्यस विरुद्ध चाल्ने कदमका लागि दलहरु कन्फ्युज देखिन्छ । त्यही भएर जनआन्दोलन अर्थात नागरिक आन्दोलन उठ्न सकिरहेको छैन ।’ उहाँले पनि दलहरुको बीचमा आन्दोलनका लागि एकता हुनु आवश्यक छ तर ती दलहरु एक्ला एक्लै आन्दोलन गरिरहेका कारण आन्दोलनले गति नलिएको प्रतिकृया दिनुभयो । 

प्रधानमन्त्री ओलीले चालेको कदम बारे नै काँग्रेस र जसपा नेपाल पार्टीमा दुई–दुई वटा धारणा रहेका छन् । दुईटै पार्टीको एउटा पक्षले प्रधानमन्त्री ओलीको कदमको सशक्त विरोध गर्नुपर्छ भनिरहेका छन् भने अर्को पक्षले चुनावमा जाने कुरा गरिरहेको छ ।

यिनै अलमलका कारण ती दलको आन्दोलन कमजोर भएको हो । यता, नेकपामा दिशा स्पष्ट छ । प्रधानमन्त्री ओलीले चालेको कदम गलत हो, त्यसको विरोध गर्नुपर्छ भन्दै आन्दोलनलाई अगाडि बढाई रहेको छ । 

जबसम्म दलहरु एक ठाउँमा आएर आन्दोलन गर्दैनन् तबसम्म जनआन्दोलन हुनसक्दैन । जनआन्दोलनका लागि गठबन्धन वा मोर्चा चाहिन्छ नै । विगतमा पनि दुईटा जनआन्दोलन र तीनवटा मधेश आन्दोलन सम्पन्न भइसकेको छ । छ दलीय, सात दलीय गठबन्धन बनाएर जनआन्दोलन सफल भएको थियो भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर मधेशको आन्दोलन सफल पारेको थियो । 

यद्यपी काँग्रेसमा पनि यो आन्दोलनलाई लिएर दुईटा पक्ष छन् । एक पक्षले आन्दोलनमा विशेष जोड दिइरहेको छ, जसको नेतृत्व पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहनु भएको छ । तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा देखिनु भएको छ । आन्दोलनमा उहाँले त्यति जोड दिनु भएको छैन । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..