» » टिकापुर घटनाको वास्तविकता त्यो होइन (फरकमत)

–सुरेन्द्र चौधरी

२०७२ सालमा भएको टिकापुर घटनाको बारेमा यो देशमा गलत व्याख्या भइरहेको छ । नेपालका सञ्चारमाध्यमले टिकापुरको घटनाको बारमेमा एकतर्फी रुपमा समाचार दिएर जनताको मानसपटलमा थारुहरु हत्यारा हुन्, खुनी हुन्, लुटेरा हुन् भनि बसाई दिएका छन् । तर वास्तविकता त्यस्तो होइन । कैलालीको टिकापुरमा त्यसखालको विद्रोह किन भयो, त्यस्तो घटना किन हुन पुग्यो त्यसको गहिराईमा कोही पनि गएको छैनन् । थारुलाई सिधै दोषी देखाएर अपराधी करार गरेको देखिन्छ । के त्यसअघि राजनीतिक संघर्षमा त्यस्तो घटना नभएको हो र ? 

थारुमाथि सदियौंदेखि शासकबाट भएको शोषणको विष्फोट थियो टिकापुरको घटना । थारु सोझा हुन् । उसले लपनछपन जान्दैनन् । दयाँबयाँ पनि गर्न जान्दैन । तर त्यो खालको आक्रोश थारुमा कहाँबाट कसरी आयो । त्यो वास्ताविकताको पनि उजागर हुनु आवश्यक छ । टिकापुरको घटना विल्कुल राजनीतिक घटना हो । यसमा कुनै व्यक्तिको, कुनै जातको, कुनै समुदायको कुनै ‘इन्ट्रेस्ट’ छैन । राजनीतिक घटनाक्रमलाई एउटा जाती विशेष, एउटा समुदाय विशेषसँग जोडेर त्यसको प्रचार गरिएको छ । टिकापुरको घटना वास्तविकता के हो, टिकापुर राजवन्दीको रिहायका लागि हामीले एउटा अभियान सञ्चालन गरेका छौं । टिकापुरको घटनालाई राष्ट्रियकरण गर्दै निर्दोष रहेका राजवन्दीलाई रिहाइ गराउन पहल गर्नेछौं ।   

अभियानमा विभिन्न संघ संस्था, अभियानीहरु, विभिन्न दलका घटकहरु आवद्ध छन् । यसअघि पनि रेशम चौधरीलगायतका राजबन्दी रिहाइका लागि विभिन्न राजनीतिक दल यहाँसम्म कि उहाँका पार्टी जनता समाजवादी पार्टी नेपालले समेत कुरा उठाइ रहेको छ । त्यसैगरि विभिन्न थारुका घटकहरु थरुवान थरुहट मोर्चा लगायतका संघ संस्थाले उहाँहरुको रिहाइका लागि आन्दोलन तथा संघर्षका कार्यक्रम गर्दै आएका छन् । राजवन्दी रिहाइ थारुहरुको मात्र मुद्दा होइन, वा जसपाको मात्र मुद्दा होइन । यो राष्ट्र मुद्दा हो । नेपालको ७० वर्षको कालखण्डमा पहिलो पटक सिमान्तकृत समुदायले नयाँ संविधानमा आफ्नो अधिकारका कुरा राख्नका लागि त्यो खालको विद्रोह गरेको थियो । 

संंिवधान निर्माणको क्रममा आफ्नो पहिचानसहितको सिमांकन नदेखेपछि क्रोधित भएर त्यो खालको विद्रोह गर्न बाध्य भएको थियो । त्यो विशुद्ध राजनीति लडाई थियो, तर त्यसलाई जातीय र समुदायको रुप दिने काम भयो । तर त्यो राष्ट्रिय मुद्दा थियो, समग्र देशको एजेण्डा थियो त्यसलाई राष्ट्रिय अभियानको रुपमा किन न अगाडि बढाउने भनेर नै यो अभियान गठन गरिएको हो ।

रशेम चौधरीलगायतका राजनीति बन्दी रिहाइ हुन्छ भने कुरामा हामीलाई विश्वास छ । सत्यको एउटा कुनै विन्दुमा गएर जित हुने निश्चित छ । केही समयका लागि राज्यले आफ्नो साधन स्रोत दुरुपयोग गरेर केही समय सत्यलाई दवाउन सक्ला तर कुनै दिन सत्यको बिन्दुमा पुगेर त्यसलाई स्वीकार गर्न बाध्य हुन्छ भने कुरामा हामी विश्वस्त छौं । टिकापुर घटना भएपछि चार पाँचजना प्रधानमन्त्री हुनुभयो । उहाँ सबैले आश्वासनबाहेक थारुलाई केही दिनुभयो । थारुसँग सम्बन्धित संघ संगठनहरुले राजवन्दी रिहाइका लागि प्रधानमन्त्रीहरुलाई भेट्दा उहाँहरुले टिकापुर घटना मुछिएका थारुहरु निर्दोष छन् । टिकापुर घटना षड्यन्त्रमुलक तरिकाले गराइएको कुरा पनि उहाँहरुले भन्नुभयो । अहिलेका बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली केही दिनपहिले सुदुरपश्चिममा सम्बोधन गर्नका लागि जाँदा त्यहाँ पनि उहाँले थारुहरु निर्दोष हुन्, उनीहरुले न्याय पाउनेछन् । तर त्यो कुरा भाषणमै सिमित भयो । यस्ता आश्वासन कति पायौं कति । जसपा नेपालबाहेकका राजनीतिक दलहरुले टिकापुर घटनालाई राजनीति रंग दिएर आआफ्ना तरिकाले त्यसलाई प्रयोग गर्दै आएका छन् । 

काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला हामी भेट्न जाँदा उहाँले रेशम चौधरीलाई रिहाई गरियो भने सुदुरपश्चिमका पहाडी समुदायहरु भड्किन्छ । त्यसले पार्टीलाई घाटा हुन्छ । बरु धनीराम चौधरी रुपन्देहीबाट आफ्नो पार्टीबाट चुनाव लडे भने उहाँको मुद्दा फिर्ता लिन सकिन्छ उहाँले भन्नुभएको थियो । तत्कालिन प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई भारतको दिल्लीमा भेटेको कुरा पनि बाहिर आइसकेका छन् । त्यहाँ पनि उहाँले थारुहरु निर्दोष हुन् । यसको बारेमा के गर्न सकिन्छ आफू नेपाल फर्केपछि केही गर्ने आश्वासन दिनुभएको थियो तर हालसम्म केही गर्न सक्नु भएन । बरु बाहिर रहनु भएका रेशम चौधरीलाई जेलमा कोच्ने काम गर्नुभयो । 

प्रधानमन्त्री ओलीलाई पनि भेट्दा उहाँले पनि थारु निर्दोष हुन् । थारुहरुलाई फँसाइएको हो भन्नुभयो उहाँले । तर उहाँकै पालामा रेशम चौधरीलाई जन्मकैद भयो । यसबाट प्रष्ट हुन्छ कि शासकले सोझा सिधा थारुलाई आआफ्नो राजनीतिक स्वार्थ पुरा गर्नका लागि दलहरुले फँसाइएको हो । यी सबै घटनाक्रमको बारेमा अभियानले उजार गर्नेछ । टिकापुर घटनाको सत्यतथ्यको बारेमा राष्ट्रिय बहस चलाउनेछ ।

(टिकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीसँग सहारा टाइम्सले गरेको कुराकानी आधारित) 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..