» » ओबिसीको अध्यक्षमा रामकुमार महतो

जनकपुर माघ ११ गते । ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित हुनुुभएको छ । अध्यक्ष महतोसहित ४१ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।


जनकपुरधाममा चलिरहेको ओबिसीको राष्ट्रिय महाधिवेशन सक्न दुई दिन बाँकी छँदै ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय महाधिवेशन आयोजक समितिले जनाएको छ ।

सम्पूर्ण कार्यसमितिमा समेत पदाधिकारीदेखि सदस्यसम्म निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कालेश्वर महतोले जानकारी दिनुुभयो । नवनिर्वाचित अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष १ जना रहेको उहाँले जानकारी दिनुुभयो ।

त्यस्तै महिला सदस्य पदमा १० जना र पुरुष सदस्यमा १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । महतो दोश्रो पटक अध्यक्ष बनेका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत महतोले प्रमाण पत्र वितरण र पद तथा गोपनियताको सपथसमेत खुवाएका थिए ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..