» » मधेशको तीन शहरमा जसपाको विरोधसभा

काठमाडौं पुस २७ गते । जनता समाजवादी पार्टी नेपालले आज मधेशका तीनवटा शहर जनकपुर, नेपालगञ्ज र वीरगञ्जमा एकसाथ विरोधसभाको आयोजना गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भंंगल गर्नुभएको थियो । 

संसद भंगको विरुद्धमा आन्दोलन गरिरहेको जसपा नेपाल दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज तीन ठाउँमा विरोधसभा आयोजना गरेको छ । 

वीरगञ्जको विरोधसभाको मुख्यवक्ताको रुपमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री र कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सुनिल रोहित रहनु भएको छ भने नेपालगञ्जको कार्यक्रमका लागि जसपा नेपालका वरिष्ठ नेता अशोककुमार राइ, कार्यरिणी सदस्यहरु अबवाल अहमद र अमृता अग्रहरी र जनकपुरको कार्यक्रमका लागि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरत्सिह भण्डारी, कार्यकारिणी सदस्यहरु रेणुकुमारी यादव, वृषेशचन्द्र लाल र उमाकान्त झा प्रमुख वक्ता रहनु भएको छ । 

प्रधानमन्त्रीलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएको कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य रहेको जसपा नेपालले ठहर गरेको छ । जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, थारु लगायतका आन्दोलन र जनसंघर्षहरुका बखत जनताले गरेको संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, धर्मनिरपेक्ष, नागरिक स्वतन्त्रता, मौलिक अधिकारलाई धरापमा पारेको जसपा नेपालको ठहर रहेको छ । 


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..