काठमाडौं मंसिर ३० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको टिप्पणी गर्नुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको अध्यादेशमाथी टिप्पणी गर्दै उहाँले संसदलाई बन्दकमा राखेर सरकारले अध्यादेशमार्फत देश सञ्चालन गर्नु गलत रहेको बताउनुभयो ।
संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको बताउँदै अध्यक्ष यादवले संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेश ल्याएर स्वेच्छाचारी गरिरहेको बताउनुभयो ।
उहाँले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय हो तर सरकारले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याई संसदको गरिमालाई समाप्त पारिरहेको आरोप लगाउनुभयो । अध्यादेशले संवैधानिक व्यवस्थाको खिल्ली उडाएको उहाँले बताउनुभयो ।
उहाँले संवैधानिक परिषद्को बैठकबाट सभामुखलाई अलग गर्नु भनेको संसदको गरिमालाई नमान्नु हो भनि प्रतिकृया दिनुभयो ।
No comments: