» » प्रधानमन्त्रीको कदमलाई प्रतिवाद गर्न जसपाको आह्वान

काठमाडौं पुस ५ गते । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको सिफारिसलाई प्रतिवादन गर्न सम्पूर्ण पार्टी र आमनागरिकलाई आह्रवान गरेको छ । 

जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । 

प्रतिनिधिसभा विघटन असवैधानिक र अलोकतान्त्रिक कदम भन्दै त्यसको विरोध तथा प्रतिवाद गर्नका लागि सबैमा उहाँहरुले आग्रह गर्नुभएको छ । 

पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्था माथि गरिएको गम्भीर प्रहार रहेको टिप्पणी गर्नुभएको छ । उहाँहरुले यो अधिनायकवाद र निरकुंशताको पराकाष्ठा रहेको पार्टीले ठहर गरेको जानकारी गराउनु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको यो कदमको बारेमा पार्टीले बैठक बसेर थप निर्णय गर्ने जानकारी समेत उहाँहरुले गराउनु भएको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..