काठमाडौं पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाट निर्णय गराएर राष्ट्रपति समक्ष पेस गर्नुभएको थियो ।
प्रनिधिसभा विघटन गरी अगामी चुनावमा बैशाख १७ र २७ गते गरी दुई चरणमा हुने राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान बैशाख १७ र २७ गते दुई चरणमा चुनाव सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
No comments: