महोत्तरी मंसिर १९ गते । महोत्तरीको औरही नगरपालिका वार्ड २ फुलवरीवा गौशाला निगौल जोड्ने सडक को जङगा नदीमा आज जनता समाजावादी नेपालका कार्यकारिणी सदस्य शरतसिंह भण्डारी र भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलद्धरा समुहिक रुपमा शिलान्यास गर्नु भएको छ ।
कार्यक्रममा प्रदेश सांसद जैनल राईन , कौशल किशोर यादव ,जानकी शरण साह, औरही नगरपालिका उपमेयर रिता झा , जसपा नेता राजेन्द्र सिङ, जिल्ला समन्वय समिति का सभापति सुरेश सिङ जसप सयोजक रामप्रकास यादव कार्यकर्ता तथा स्थानिय हरु सहभागिता रहेको थियो । सघिय मन्त्रालयबाट बजेट बिनियोजन भइ प्रदेश सरकार भौतिक पुर्वधार बिकास मन्त्रालयबाट ठेक्का भइ आज बिधिवत काम शुरु भएको छ ।
यस पुल को लगात १२ करोड ६५ लाख ७ हजार ८ सय ५७ मा ठेक्का २०७९ मा काम सम्पन्न हुने जनाइएके छ । ्
यो पुल निर्माण भएपछि गौशाला जनकपुर सडक जोडने छ ।
No comments: