» » नेकपा संकटमा रहेको बेला जसपाले पनि खोज्न थाल्यो ओलीको विकल्प

सहारा टाइम्स

काठमाडौं कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ । 

काँग्रेसले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्छ भन्दै आइरहेको थियो । आफ्नो पार्टीका नेताहरुले उहाँको राजिनामा मागरिहनु भएको छ । अब जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री ओलीको विकल्पको कुरा गर्न थालेको छ । 

नेकपा आफ्नो आन्तरिक विवाद फँसेको बेला सरकारको विकल्पको चर्चा शुरु भएको छ । नेकपाकै शीर्षस्थ नेताहरुले प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा दिन दवाव दिइरहनु भएको छ तर प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजिनामा नदिने भनि अडान लिएर बस्नु भएको छ । 

 

जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो समाजिक सञ्जाल तथा विभिन्न औपचारिक मञ्चहरुबाट ओली नेतृत्व सरकारको विकल्प लगायत खोज्न थाल्नु भएको छ । केपी ओली नेतृत्व सरकारको विकल्प खोजौ, यसको काम छैन भनि भन्दै आइरहनु भएको छ । । ओली नेतृत्वको सरकार संकटमा रहेको बेला नेकपाका ओली तथा प्रचण्ड पक्षले काँग्रेस तथा जसपा नेपालका नेताहरुसँग आन्तरिक रुपमा छुट्टा छुट्टै छलफल गरिरहेका छन् । यदि नेकपा फुट्यो भने बहुमतको सरकार बनाउनका लागि काँग्रेस वा जसपा नेपालबाट सहयोग लिनुपर्ने हुन्छ ।

 

 जसपाका अध्यक्ष उपेन्द्र यादवले आजै आफ्नो फेसबुकमार्फत ओली नेतृत्व सरकारको विकल्पव खोज्नुपर्ने बताउनु भएको छ । कोरोना महामारी फैलिएको अवस्थामा सरकारले आप्mनो जिममेवारीपूर्वक कार्य गर्न नसकेकोे आरोप लगाउँदै उहाँले यस्तो संटको घडीमा सरकारले आफ्नो हात झिक्नु र पीसीआरसम्मको परीक्षण पनि निशुल्क गराउन नसक्न गैर जिम्मेवार काम रहेको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो जीवन रक्षा आफैं गर, सरकारले सक्दैन भन्नु जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनु, के नेपालमा जनताका लागि यो सरकार हैन र ? केपी ओली सरकारको के काम भनि प्रश्न गर्नुभएको छ । आफु असफल र असक्षम सिध्द भई सकेपछि पनि किन सरकारमा बसिरहनु भनि प्रश्न गर्दै अध्यक्ष यादवले अब जनता नै सचेत हुन जरुरी छ र त्यसको बिकल्प खोज्ने बेला आएको बताउनु भएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..