काठमाडौं, कार्तिक २३ गते । आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् ।
आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीले मन्त्री भट्टराई स्मरण पत्र बुझाइएको हो ।
उखु किसानहरुसँग गतवर्ष माघ महिना सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्रीलाई उखु किसानहरुले स्मरणपत्र बुझाएका एको संघर्ष समितिका सचिव हरिश्याम यादवले बताउनुभयो ।
किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनु भएको छ । मन्त्री भट्टले किसानलाई भन्नुभयो, ‘उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिनेछ । जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।’
छठ पर्व भन्दा अघि किसानहरूको सम्पूर्ण रकम भुक्तानी भएन भने छठ पर्वपछि मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई सिंहदरबार घेर्ने चेतावनी उखु किसानले दिएका छन् ।
‘नेपाल सरकारले तुरुन्त निर्धारित अवधिमा रकमको भुक्तानी गरियोस् । होइन भने कोरोनाले मर्नु र भोक, ऋणले मर्नु परिणाम एउटै आउने भएकोले हामी निर्णायक आन्दोलन गर्न बाध्य हुने जानकारी गराउन चाहन्छौं ।’ मन्त्री भट्टराई बुझाइएको स्मरणपत्रमा उल्लेख छ ।
No comments: