» » बिहारको चुनावबाट यसरी प्रभावित हुन्छ मधेशको राजनीति

भारतको विहारमा हालै विधानसभा चुनाव सम्पन्न भएको छ । भारतीय जनता पार्टीको सहयोगमा राष्ट्रिय जनता दल (यु) का नेता नीतिश कुमार मुख्यमन्त्री हुने निश्चित भएको छ तर नीतिश कुमार मुख्यमन्त्री बन्न लागेपछि सो पार्टीमा र नीतिश कुमार स्वयंमा विगतको जस्तो उत्साह छैन ।

 विगतको भन्दा नीतिश कुमारको मन खसेको छ । मुख्यमन्त्री बन्नेमा कुने उत्साह देखिएको छैन कारण हो भारतीय जनता पार्टी । भारतीय जनता पार्टीसँग गठबन्धन बनाएर चुनाव लड्नु भएको थियो तर नीतिशकुमार पार्टीको अवस्था खराब भयो । भाजपाको सहयोगमा मुख्यमन्त्री बन्ने नीतिश कुमारको सोच थियो तर यस्तो बुरा हालतमा बन्नुपर्छ भने सोच्नु भएको थिएन ।

त्यो भन्दा विहारका मुख्यमन्त्री रही सकेका नीतिश कुमारको चर्चा जति छैन विहारमा त्यति चर्चा राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवको रहेको छ । त्यसले नीतिश कुमारलाई अप्ठ्यारोमा पारेको छ । चुनावपछि नितिश कुमारको चार्चा सेलाएको छ भने राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवको चर्चाले उचाई लिइरहेको छ । भोली गठबन्धनमा रहेका चारवटै दलको विधायक दलको बैठक बस्नेछ र त्यही बैठकबाट मुख्यमन्त्री को बन्ने औपचारिक निर्णय हुनेछ । सबभन्दा कान्छो उमेरका तेजस्वी यादवले विहारको चुनावमा भाजपा र नीतिश कुमारलाई जुन धक्का दिनुभएको छ । त्यसले विहारमा मात्र होइन, पुरै भारतमा तरंग ल्याएको छ । 

नीतिश कुमारले विहारमा गरेको सुधारका कामलाई तेजस्वी यादवको रोजगारीको नाराले ओझेलमा पार्नुभएको छ । विहारमा जुनखालको राजनीति परिवर्तन भयो त्यसले नेपालको राजनीतिमा पक्कै प्रभाव पार्ने विश्लेषण भइरहेको छ । विहार चुनावको छायाँ पुरै नेपालमाथि परेपनि त्यसको सबभन्दा बढी असर तराई मधेशको क्षेत्रमा अवश्य पर्नेछ । अहिले पनि तराई मधेश खासगरि प्रदेश २ को राजनीति पुरै विहारी स्टाइलमा भइरहेको छ । तराई मधेशमा विहार स्टाइलको राजनीति भइरहेको छ । विहारको धेरैजसो राजनीतिक गतिविधिको देखासिखी तराई मधेशको राजनीतिमा हुन्छन् । चुनावी नारादेखि लिएर सरकारी एजेण्डा र मुद्दा पनि विहारकै नक्कल गरेको देखिन्छ । त्यसको पछिल्लो उदाहरणहरु प्रदेश २ सरकारका निर्णय र नारालाई हेर्न सकिन्छ । नेताहरुको पहिरन, भाषा, भाषण शैली सबैमा विहार राजनीतिको प्रभाव पारेको छ । त्यसैले त्यहाँको चुनावले नेपालको तराई मधेशलाई सबभन्दा बढी प्रभाव पर्ने राजनीतिक विश्लेषक श्रीमननरायण मिश्र बताउँनु हुन्छ । 

यसअघि तराई मधेशमा लालु स्टाइलको राजनीति भइरहेको थियो अब तेजस्वी स्टाइलको राजनीति हुने उहाँको विश्लेषण रहेको छ । तेजस्वी यादव सिर्फ ३१ वर्षका हुनुहुन्छ । यस्तो सानो उमेरमा विहार जस्तो विशाल राज्यमा तरंग ल्याई दिनुभयो त्यसको प्रभावमा तराई मधेशका थुप्रै युवाहरु पर्ने निश्चित छ । उहाँले विहारमा वेरोजगारीलाई जुन रुपमा उठाउन गर्नुभयो । त्यसरी नै तराई मधेशमा उठानको आवश्यकता छ र त्यसरी यहाँका राजनीतिककर्मीहरुले गर्ने निश्चित छ किनभने विहार र तराई मधेशको संरचना, रहन सहन, समाजिक तौरतरिका, साँस्कृतिक, आर्थिक कुराहरु मिल्दोजुल्दो रहेको छ । त्यसले गर्दा त्यहाँ हुने राजनीतिक गतिविधिको पुरै असर पर्नेछ । 

प्रदेश २ मा सबभन्दा बढी मधेशी दलित १८.३ प्रतिशत रहेका छन् भने विहारमा सबभन्दा बढी मुसलमान १६.९ प्रतिशत रहेका छन् तर प्रदेश २ मा ११.६ प्रतिशत मुसलमान रहेका छन् । प्रदेश २ मा यादव १४.१२ प्रतिशत रहेका छन् विहारमा १४ प्रतिशत रहेका छन् । मोटामोटी जातीय संरचना पनि मिल्दोजुल्दो रहेका छन् । वेरोजगारी समस्या, शिक्षा र स्वास्थ्य तथा आरक्षणको अवस्था पनि त्यस्तै त्यस्तै रहेका छन । त्यसले गर्दा तराई मधेशमा हुने राजनीतिले विहारलाई असर गर्छ भने विहारको राजनीतिले तराई मधेशलाई असर गर्ने गरेको छ । 

विहारको चुनावले धेरै कुराको परिवर्तन गरेको छ । जातीय, धार्मिक राजनीतिक कमजोर गरेको भने विकासको एजेण्डालाई जोडतोडले उठाएको छ । त्यसमा पनि विहारको जनताले नयाँ अनुहारको खोजेको अनुभूती दिलाएको र त्यसको असर तराई मधेशको राजनीतिमा अवश्य पर्ने देखिएको छ । नीतिश कुमारले सुशासनको कुरा धेरै गर्नुभएको थियो । तर विहारका जनतालाई विकासको प्रत्यक्ष अनुभूती हुनसकेन । विहारको जनताले नीतिश सरकारको अनुभूति त्यति गर्न सकेन । तर एउटा युवा तेजस्वी यादव विहारमा वरोजगारलगायतका कुरा उठाएर सबैको मन जित्न सफल हुनुभयो । 

पत्रकार चन्द्रकिशोरले पनि विहारको चुनावले रोटी र रोजगारीको कुरालाई स्थापित गरेको बताउनुहुन्छ । रोजगारी र रोटीको कुरा जुन रुपले विहारमा उठेको छ त्यसको समस्या नेपालको तराई मधेश भूभागमा रहेको छ । नेपालका जनताले पनि विकास, रोजगार चाहेका छन्, जुन कुराको सन्देश विहारको चुनावले दिएको छ र त्यसको असर पक्कै पनि नेपालको राजनीतिमा पर्नेछ । विहारको चुनावमा कुनै नकुनै रुपमा जातीय राजनीति जिवित रहेको देखिएको विश्लेषकहरुको बुझाई रहेको छ । र, चुनावमा सबभन्दा प्रभावकारी मत जातीय मत हुने गरेको देखिएको छ । र सबभन्दा बढी जातीय राजनीति तराई मधेशमा हुने गरेको छ । विहारको चुनावमा यसपटक पनि यादव र मुस्लिमको गठबन्धन देखिएको छ । पहिलाको तुलनामा अलि कम देखिए पनि यी दुई जाती एक ठाउँमा आएको देख्न सकिन्छ । 


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..