» » छठ घाटमै कन्चटमा पेस्तोल ताक्ने युवा पक्राउ

सिरहा मंसिर ६–सिरहा औरही गाउँपालिका वडा नम्बर ५ को छठ पुजा पोखरी घाटमा एक युवाले अर्को युवाको कन्चटमा पेस्तोल ताक्ने ती युवालाई प्रहरीले प्रकाउ गरेको छ । 

औरही प्रहरी चौकीका असई कलानन्द यादवका अनुसार औरही–५ का देवो दास

यादवका छोरा अन्दाजी २५ वर्षीय रवीन कुमार दासले सोही वडाका विनोद यादवको कन्चटमा कटुवा पेस्तोल ताकेका थिए । पेस्तोल कन्चटमा पेस्टोल ताकेपछि तत्कालै हल्ला हुँदा स्थानीयको सहयोगमा उनी पक्राउ परेका हुन् । पेस्तोलमा तीन राउण्ड गोली पनि रहेको असई यादवले बताउनुभयो ।

अहिलेसम्मको अनुन्धानले उनीहरुको बीचमा घरायसी तथा व्यक्तिगत रिसिवी रहेको बुझिाएको छ, यद्यपी थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको उहाँले जानकारी दिनुभयो  ।

विनोद यादवलाई यसअघि पनि पटक पटक फोनमा धम्की दिने गरेका थिए उनले । फोनमा धम्की आउँदा विनोद यादवले प्रहरी चौकीमा रवीन दासको विरुद्ध उजुरी पनि हालेका थिए विनोदले । आज विहान दुईजनाको बीचमा छठ घाटमै भनाभन हुँदा रवीन दासले विनोदको कन्चटमा पेस्तोल ताकेका थिए । यदि त्यहाँ मान्छे नभएको भए गोली समेत चल्न सक्थ्यो विनोद यादवका आफन्त उपेन्द्र यादवले बताउनुभयो । कन्चटमा पेस्तोल भिराउने वित्तिकै त्यहाँ रहेका स्थानीयहरु उनलाई समातेका थिए । 


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..