» » कोराना र छठ पर्व (सम्पादकीय)


विश्वमा कोरोना महामारी फैलिएको झण्डै एक वर्ष हुन लागेको छ । कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेको छ । यो कोरोनाका कारण विश्वकै आर्थिक अवस्था खस्कि रहेको छ । अर्थतन्त्र तहस नहस भइ सकेको छ । हालसम्म विश्वमा पाँच करोड भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने १३ लाखभन्दा बढीको मानिसको ज्यान गइसकेको छ । 

नेपालमा मात्र दुईलाख भन्दा बढी संक्रमित छन् भने एक हजार भन्दा बढीको मृत्यु भइसकेका छन् । यस अवस्थामा पनि नेपालीहरु तीज, दशैं, जितिया, कृष्ण जन्मअष्टीमी, दशैं तिहारलगायत विभिन्न जात्रा सम्पन्न गरेका छन् । अब मंसिर ५ गते छठ पर्व मनाउने तयारीमा लागेका छन् । 

सरकारले कोरोना शुरु भएदेखि हरेक चाडपर्वका लागि मापदण्ड तोकेको थियो । हरेक चाडपर्वमा सचेतता अमनाउन आग्रह गरेको थियो । कतिपय चाडपर्व मनाउनमा रोक पनि ल गाइएको थियो तर त्यसलाई कसैले मानेनन् । सबै पर्व आआफ्नो तरिकाले मनाए । सरकारले तोकेको मापदण्डलाई कुनै पनि पर्वमा कार्यान्वयन गरेको दिखिएको थिएन । 

कुनै पनि कार्यक्रममा २५ जना भन्दा बढीको भिडभाड हुनुहुँदैन । समाजजिक दुरी कायम गर्ने, माक्स लगाउने, सेनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड सरकारले तोकेको थियो तर त्यस्तो मापदण्डलाई मानेको देखिएको छैन । त्यही कारणले गर्दा कोरोना संक्रमितको सँख्यामा दिन दिनै वृद्धि भइरहेको छ । 

नेपालमा चाडपर्व शुरु भएदेखि नै कोरोना संक्रमणको सँख्यामा वृद्धि भएको देखिन्छ । तर यसमा न सरकारले ध्यान दिएको देखिन्छन् न आमजनताले नै । सरकारले मापदण्ड बनाइएको छ तर त्यसलाई लागु गरेको छ तर त्यसलाई कडाईको साथ लागु गर्नुपर्छ अथवा लागु गरेको देखाइएको छैन । 

सरकारले यो छठ पर्वमा पनि मापदण्ड बनाएको छ । भिडभाड गरेर ताल तलैया वा नदी, पोखरीमा गएर छठ मनाउनमा रोक लगाइएको छ । सकभर घरमै बसेर छठ मनाउन भनेको छ । कतिपय ठाउँमा यो आग्रहलाई सम्बन्धित पक्षले विरोध पनि गरेको छ । सरकारले मापदण्ड तोकेपनि त्यो अनुसार नहुने निश्चित छ । दशैंमा पनि मठमन्दिरमा भिडभाड नगर्न सरकारले निर्देशन गरेको थियो तर दशैंको बेलामा शक्तिपिठहरुमा अत्याधिक भिड देखिएको थियो । 

त्यसलाई कसैले रोक्न सकेको थिएन । त्यो भिडभाडलाई प्रहरी पनि टुलुटुलु हरिरहेका थिए । त्यही कारणले कोरोना यो तीब्र गतिमा सरेको विज्ञहरुको बुझाई रहेको छ । अब छठमा पनि सरकारको निर्देशनलाई अवज्ञा गर्ने निश्चित देखिएको छ । सरकारले नदी, पोखरी तथा कुनै जलाशयमा गएर चाडपर्व नमनाउन भनेको छ तर जलाशयमा छठ मनाउन तयारी शुरु भएको छ । कोही पनि कुनै मापदण्ड मान्ने छैनन् । वर्तालुहरु नदी तथा तलाउहरु अवश्य जानेछन् । 

उत्सवका साथ छठ पर्व मनाउनेछन् । यो पर्व नदी तथा तलाउ, पोखरीमा दुई दिनसम्म मनाईन्छ । अस्ताउँदा सूर्यलाई अर्घ दिएपछि रातभरि घाटमै बसेर भोलीपल्ट उदाउँदो सूर्यको अर्घ दिएर सम्पन्न गर्ने चलन छ । दुई दिनसम्म चलाशयमा धुमधामका साथ मनाईने छठ पर्वमा यदि कुनै व्यक्तिमा संक्रमण छ भने त्यो अरुमा सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले यो पर्वमा सरकारले तोकेको मापदण्डलाई स्वीकार गरि त्यही अनुसार पर्वमा सहभागी हुँदा राम्रो । अरु केही नभएपनि घाटमा जाने सबैले अनिवार्य रुपमा माक्स मात्र लगाई दियो भने संक्रमणबाट बच्ने सम्भावना धेरै हुन्छ । 

सबैजनाले माक्स लगायो भने कोरोना संक्रमण सर्ने सम्भावना ९९ प्रतिशत कम हुन्छ । माक्स लगाउन सजिलो पनि छ । कोरोनाबाट सहरवजारमा अलिकति सचेत भएको देखिए पनि गाउँ घर तथा देहातमा त्यस्तो सचेतता अपनाएको कही देखिएको छैन । गाउँ देहातलाई हेर्दा लाग्छ देश कोरोनामुक्त भइसक्यो । गाउँघरमा कुनै मापदण्ड अपनाएको देखिदैन । 

न कसैको मुखमा माक्स देखिएका हुन्छन्, नकसैले समाजिक दुरी कायम गरेका हुन्छन् । सेनिटाइजरको कुरा त धेरै टाढाको कुरा । शहर वजारतिर मान्छेले गोजीमा सेनिटाइजर बोकेर हिडेका हुन्छन् तर गाउँघरमा सेनिटाइजर कतै नजर आउँदैन । यो अवस्थामा छठ पर्व मनायो भने कस्तो अवस्था होला पनि सहजै अनुमान गर्न सकिन्छ ।
यो छठ पर्व शहर बजारभन्दा बढी गाउँघरमा मनाइन्छ । खासगरि यो पर्व तराई मधेशको पर्व हो । र, तराई मधेशको भुभाग शहरभन्दा बढी गाउँ देहात छन् । र, पर्व घरभन्दा बाहिर मनाउने भएका कारणले यसमा बढी जोखिम हुने सम्भावना हुनसक्छ । 

नदी तथा तलाउ एवं पोखरीमा परिवारका सबै सदस्य गएका हुन्छन् । एउटा परिवारमा व्रत हुन्छ तर परिवारका सबै सदस्य त्यसमा सहभागी भएका हुन्छन् । त्यसले गर्दा भिडभाड अलि बढी नै भएको देखिन्छन् । त्यसका लागि सतर्कता अपनाउनु आवश्यक देखिन्छ । आफ्नो चाडवाड पनि मनाउनु पर्छ तर त्यसका साथै स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । 

आआफ्नो चाडपार्व जति नै महत्व स्वास्थ्यको पनि हुन्छ । बाँचियो भने मात्र आफ्नो काला सँस्कृतिलाई अगामी दिनमा बचाउन सकिन्छ । त्यसैले स्वास्थ्यलाई ध्यान दिँदै चाडपर्व मनाउनु नै उपयुक्त हुन्छ । त्यसैले छठी घाटमा जानका लागि एउटा माक्स अनिवार्य लगाउनु होला ।  

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..