» » बन्दाबन्दी अवघिको शुल्क मिनहा गर्न सांसद यादवको माग

सहारा टाइम्स

पर्सा कात्तिक २३ गते । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले बन्दा बन्दीको समयका  बिद्यार्थीहरुको महिना शुल्क मिनाहा गर्न निजि स्कुलका संचालक संस्थासमक्ष माग गर्नुभएको छ ।


कोभिडका कारण लामो समयदेखि बन्द रहेका विद्यालय तथा पढ्न नपाएका बालबालिका दुवै प्रभावित भएका छन् । जसको प्रत्यक्ष मार शिक्षक तथा अभिभावकले सहनु परेको स्मरण गराउँदै अवगत गराउदै सांसद यादवले प्याब्सन पर्साको बैठकमा सरकार यसप्रति गम्भिर हुन आवश्य रहेको बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०  र एन प्याब्सन पर्साले सांसद प्रदिप यादवको बिशेष उपस्तिथिमा आइतबार बोलाएको बैठक सरकारको निर्णय कार्यान्वयनका लागि ३ बुंदे प्रस्ताव राखेक छन् ।


प्याब्सन पर्साका अध्यक्ष हरि शंकर प्रसाद साह तथा एन–प्याब्सनका का अध्यक्ष राम सुन्दर चौधरीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा विद्यालयका सञ्चालकहरूले बन्दा बन्दिको अवधिभर विद्यालयलाई पुग्न गएको क्षति, शुल्क मिनाहा तथा विविध समस्याको समबन्धमा सरकारको निर्णय कार्यान्वयनका ३ बुंदे प्रस्ताव राखेका छन ।  


सांसद यादवको विशेष उपस्थितिमा पहिलो बुंदा माथि कोभिड १९ का कारण बन्द भएका विद्यालयहरुको उक्त अवधिको शुल्क छुट सम्बन्धमा चाडै नै निर्णय गरीने सहमति भएको छ । साथै दोस्रो बुंदामा बन्द अवधि भर विद्यालयलाई हुन गएको क्षती तथा दायित्वहरुको बारेमा पनि छलफल गरिएको थियो । तेस्रो तथा अन्तिम बुंदामा चाडैं नै सरोकारवाला संबन्धित निकायबाट टुंगो लगाउने र सर्वसहमतिबाट निर्णय गरिने जनाइएको थियो ।  


सो बैठकमा प्याबसन पर्साका महानगर अध्यक्ष आलोक कुमार चौरसीया, कोषाध्यक्ष सरोज चौधरी तथा बिजय यादव लगायतको उपस्तिथी रहेको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..