» » सरकारलाई गणतन्त्र भयो भारी, नेपाल नामसँग संघीय लोकतान्त्रिक गणतन्त्र नराख्ने निर्णय


काठमाडौँ कात्तिक १८ गते । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र देश हो तर अब उपरान्त नेपालसँग संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने भएको छ । 

औपचारिक पत्राचार तथा सम्बोधनहरुमा नेपालको नामसँग संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । 

विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम नेपालीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अंग्रेजीमा लेखने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा नेपाल र अँग्रेजीमा लेख्ने कानुन, व्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलार्य पठाएको पत्रमा उल्लेख छ । 

संघीयता नै खतरामा रहेको चर्चा भइरहेको बेला मन्त्रीपरिषद्ले औपचारिक रुपमा यस्तो निर्णय गर्नुमा चौतर्फी विरोध भइरहेको छ । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्वीटमाफृत यो निर्णयको विरोध गरकेो छ भने अन्य दलहरुबाट यसको विरोध भइरहेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता ल्याउन भन्दै सो निर्देशन दिएको छ ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..