काठमाडौं कात्तिक २४ गते । भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा सो पुस्तकको सोमवार लोकार्पण गर्नुभएको हो ।
नेपालीसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा सो पुस्तकको प्रकाशन गरेको हो । यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ । गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।
यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ । जसका जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक रहेको दुतावास द्धारा जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।
No comments: