काठमाडौं कात्तिक २३ गते । भारत सरकारद्वारा नेपाल सरकारलाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।
एक कार्यक्रमबीच आइतवार नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सरकारलाई थप सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो आइसीयु हस्तान्तरग गरिएको दुतावासले जनाएको छ ।
यस अघि बैशाख १० गते भारतले नेपाललाई प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा धारणा राखेका थिए ।
No comments: