» » नेपालमा भारतीय सेना प्रमुखको भव्य स्वागत गर्ने तयारी


काठमाडौं कात्तिक १८ गते । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई नेपालमा भव्य स्वागत गरिने तयारी भइरहेको छ । भोलीदेखि हुने दुई दिने नेपाल भ्रमणमा उहाँले नपालमा भव्य स्वागत गर्ने तयारीभइरहेको छ । 


भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलो केही ढिलाई भएको हो । 

तर नेपाल राजनीतिको विशेष मोडमा भएको बेला उहाँको भ्रमण हुन लागेको छ । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उहाँले भेटवार्ता गर्नुहुने छ । 


भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणलाई दुई देशबीचका नेतृत्व तहमा देखिएको हार्दिकतापूर्ण संवादको गतिरोध हटाउने सुरुआती बिन्दु बनाउन रणनीति र आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको भन्दै विश्लेषण हुन थालेको छ । 


सेनाध्यक्ष नरवणेको भ्रमण तयारीलाई गर्नुपर्ने सुरक्षालगायतका सबै आवश्यक तयारी सूक्ष्म ढंगले गरिएको र उनीसँगको छलफल दुई सैनिकबीचको सम्बन्ध र सहयोगका विविध आयाममा केन्द्रित रहने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनु भएको छ ।  


राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवीले सम्मान गनुहुनेछ । यो दुई मुलुकबीचको सात दशक लामो परम्परा पनि रहेको छ । एकअर्का मुलुकको सेना प्रमुखलाई सम्मान गर्ने परम्पराले दुई मुलुकबीचको सैन्य सम्बन्ध र नेपाल(भारतबीचको पृथक सम्बन्धलाई परिभाषित गर्दछ । 


सन् २०१९ को जनवरीमा नेपालमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको उपाधिले सम्मान गर्नुभएको थियो । त्यस समय प्रधानसेनापति थापाले अमर जवान ज्योतिमा सहिदप्रति श्रद्धाञ्‍जली अपर्ण गर्दै नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजको निरीक्षण गर्नुका साथै दक्षिण पश्‍चिम कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊमा पनि भ्रमण गर्नुभएको थियो ।  


दुबै मुलुकको सैन्य सम्बन्ध बहुआयामिक छ । हाल पनि करिब ३० हजार गोर्खा सैनिकहरु भारतीय सेनामा भर्ती भएका छन् । भारतीय सेनाले नेपाली सेनालाई आधुनिकीकरण, प्रशिक्षण, क्षमता अभिवृद्धि, मानवीय साहयता र विपद्‌ व्यवस्थापन, सैन्य अभ्यासलगायतका कुराहरुमा दशकौंदेखि सहयोग गर्दै आएको छ ।


पछिल्लो सयम अप्रेसन मैत्रीअन्तर्गत भारतीय सेनाले सहयोग पुर्‍याइरहेको छ । भारतीय सेनाले ०७२ को भूकम्पपछि अप्रेसन मैत्री सुरु गरेको छ । भारतीय सेनाले उद्धार र राहत कार्यक्रम तत्काली अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका थिए ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..