» » हुलाकी सडकको काम तीब्रगतिमा


सहारा टाइम्स

सिरहा कात्तिक २० गते । -पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ।

पूर्वमा राजविराजदेखि पश्चिममा बलानसम्मको सप्तरी खण्डमा करिब १२ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमल प्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ।

उनका अनुसार करिब २५ किलो मिटरको सो सडकखण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिभिएम सात मिटर र दुबै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ।

विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्षय लिएको भएपनि सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको भनाइ छ।

यस्तै पूर्वमा बलानदेखि पश्चिममा सिरहा बजारसम्मको २९ किलोमिटर सडकमा समेत निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै सकिने गरी काम तीव्र गतिमा अगाडि बढाएको बताएको छ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु. एक अर्व २० करोड २० लाखमा सम्झौता भएको ठेक्केदार कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिए। तीन वर्षभित्र काम सकिने गरि सम्झौता भएको र हालसम्म करिब ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको उनको भनाइ छ ।

तराई मधेशकै विकासको मेरुदण्डको रुपमा लिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि यस भेगका सर्वसाधारणसमेत खुशी भएका छन्।

हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुका साथै हजारौं युवाको रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको दाबी छ। हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्होर्दै आएका थिए। सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..