सिरहा मंसिर ६–यस वर्षको छठ पर्व उदाउँदो सूर्यको अर्घ दिएर सम्पन्न भएको छ । तर व्रतालुहरुले यसपटक उदाउँदो सूर्यको दर्शनविनै छठ पर्व सम्पन्न गरेको छ ।
तराई मधेशमा विहानैदेखि हुस्सु लागेको कारण उदाउँदो सूर्यको दर्शन गर्न नपाएको मन खिन्न भएको बताउँछन् ब्रतालुहरु । ६ः२९ वजे सूर्य उदाउने आधार अर्घ दिएर सम्पन्न गरेको छ ।
चार दिनसम्म मनाउने छठ पर्व यसपटक कोरोनाको कहरको बीचमा सम्पनन भएको छ ।
शहर बजारमा अधिकाँले आफ्नै घरभित्र छठ पर्व मनाएका छन् भने कतिपय जलाशयमा गएर पर्व मनाएका छन् ।
ग्रामिण क्षेत्रमा पोखरी, नदी, विभिन्न तलाउका जलाशयमा गएर व्रत भक्तजनहरु छठ पर्व मनाएका छन् । पर्वमा कोरोनाको कुनै भय देखिएको थिएन । न समाजिक दुरी, न मुखमा माक्स । कोरोना महामारीबाट बेखर भक्तजले छठ पर्व समपन्न गरेको छ ।
चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउदो सूर्यको पुजा गरेको थियो भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरेको छ । व्रट रुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर घरबाट ल्याएको प्रसादहरु सूर्यलाई अर्घ दिएका थिए ।
अर्धमा ठकुवा, भुसुवा, केसार, अदुवा, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी, विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने परम्परा रहेको छ । छठमा ६० प्रकारको सामाग्रीहरु चढाउने चलन रहेको छ ।
६० वटा सामग्री पुगेन भने गमहरी धानको चामल चढाउने चलन छ । त्यही चामलले अभाव पुरा गर्ने रहेको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति आस्थाको रुपमा लिएका छन् ।
No comments: