» » सरकारको निर्णप्रति मातृका यादवको अपात्ति


सहारा टाइम्स 

काठमाडौं कात्तिक १९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवले नेपालका साथमा अब संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने सरकारको निर्णयलाई विरोध गर्नुभएको छ । 

उहाँले आज एक विज्ञप्ति जारी गरी २०७७ असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोज्नु जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् शाहिदहरूको अपमान र संघीयता विरोधि कदम भएकोले यसको भर्त्सना गर्नुभएको छ । 

शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सबै परिवतनकारीहरूसँग अपिल गर्दै यस्ता असंवैधानिक निर्णय सच्याउनका लागि सरकारसँग माग गर्नुभएको  छ। 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..