» » साइट क्लियरेन्स नहुँदा सडक निर्माण कार्य प्रभावित

वीरगञ्ज कात्तिक २० गते । साइट क्लियरेन्स नहुदाँ वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले दिएको सडक निर्माण कार्यले गति लिन सकेको छैन । 


सघन शहरी तथा भवन निर्माण कार्यालयले ठेक्का लगाउनु पूर्व साईटको सुनिश्चितता र साईट क्लियरेन्स नगर्दा निर्माण काम प्रभावित भएको छ । नेपाल सरकारको खरिद ऐनको दफा ६ को ३ अनुसार ठेक्का लगाउनु भन्दा पहिला ठेक्का दिने निकायले कम्तिमा पनि ९० प्रतिशत साईट क्लियर गरेर दिनुपर्ने हुन्छ ।


तर कार्यालयले जम्मा १२ किलोमिटर साइट क्लियर गरेर बाँकी १५ किलोमिटरमा रहेका अवरोधहरु नहटाएका कारण निर्माण व्यवसायीलाई काम समयमा सम्पन्न गर्न चुनौती बढेको छ । साइट क्लियर भएको १२ किलोमिटर सडकमा निर्माण कम्पनीले नाला निर्माण र ग्रेभलको काम समेत सम्पन्न गरिसकेको छ । जुन कुल कामको ४५ प्रतिशत हो ।


सम्झौता गर्ने निकाय सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले ठेक्का लगाउनु भन्दा पहिला गरेको यस्तै त्रुटिहरुका कारण हाल सडक निर्माण कार्यले गति लिन सकेको छैन ।


कार्यालयले वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्वच्छन्द–पप्पू–युनाइटेड बिल्डर्स जेभी निर्माण कम्पनीलाई महानगरपालिकाको वडाहरुलाई जोड्ने १७ वटा सडक निर्माण गर्ने जिम्मा दिएको थियो । निर्माण गर्नुपर्ने सडकको कुल लम्बाई २७ किलोमिटर रहेको छ ।


स्वच्छन्द–पप्पू–युनाइटेड बिल्डर्स जेभी निर्माण कम्पनीका योजना संयोजक सुशील ठाकुरका अनुसार विभिन्न कारणले सडकको काम सोचे अनुरूप अगाडि बढ्न सकेको छैन । उनले बस्ती खाली नगराउँदा तथा विद्युतका पोल नसार्दा काम समयमा हुन नसकेको बताउनुभयो ।


ुहामीलाई नियम अनुसार साईट क्लियर गरेर नदिँदा सोचे अनुसार काम गर्न सकेका छैनौँ,ु ठाकरले भन्नुभयो,  ुसयौँको संख्यामा बिजुलीको पोल हटेको छैनन्, कयौँ ठाउँमा घरहरु भत्काउनु पर्नेछ भने कयौँ स्थानमा उच्च अदालतबाट जग्गा धनीहरुले रोक्का लिएर राखेका छन् । अब यस्तो अवस्थामा हामीले कसरी काम गर्नेरु त्यो माथि म्याद भित्र काम सम्पन्न गर्नुपर्ने ।”


निर्माण गर्नुपर्ने स्थानहरुमा लगभग ६ सय भन्दा बढी बिजुलीको पोलहरु हटाउनु पर्ने छ । त्यसलाई हटाउन सघन शहरी कार्यालयका प्रमुख रञ्जन दासले कुनै चाँसो नदेखाएको निर्माण व्यवसायीको आरोप छ ।


नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले शहरी तथा भवन निर्माण कार्यालयसँग पोल हटाउन १ करोड ४ लाख रकम जम्मा गर्र्न अनुरोध गरेपनि प्रमुख दासले पैसा जम्मा गरेका छैनन् । पोल नहटेपछि कयौँ स्थानमा निर्माण व्यवसायीले काम समेत सुरु गर्न पाएका छैनन् ।


त्यसैगरी विभिन्न वडामा जग्गा धनिहरुले उच्च अदालतबाट घरटहरा नभत्काउन रोक्का लिएर आएका कारणपनि निर्माण व्यवसायीले काम अगाडी बढाउन सकेका छैनन् । रोक्का फुकुवा गराउन कार्यालय प्रमुख दासलाई पटक पटक आग्रह गरेपनि उहाँले कानमा तेल हालेर बसेको निर्माण व्यवसायी बताउँनुहुन्छ ।


निर्माण व्यवसायीले आफ्नो पहलमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, सम्बन्धित वडाका वडा अध्यक्षहरु, सम्झौता गर्ने निकायबाट आयोजना प्रमुख र इन्जिनियरहरुको उपस्थितिमा २०७६ साल कात्तिक २९ गते एउटा बैठक गराएर समस्या समाधान गर्न सहमति गराएका थिए । तर प्रमुख दासले सहमतिको समेत वेवास्ता गरेपछि अवरोध हटाउने कुनै पहल भएको छैन । दासले योजनालाई प्राथमिकतामा नराखेको निर्माण व्यवसायीको आरोप छ ।


त्यसैगरी, प्रमुख दासले निर्माण व्यवसायीले प्रस्तुत गरेको पछिल्लो बिलको भुक्तानी पनि गर्नुभएको छ ।  निर्माण व्यवसायीले असारसम्म काम सम्पन्न गरेर कार्यालयमा पेस गरेको ४ करोड रुपैयाँको भुक्तानी दासले रोकेर राख्नु भएको छ । ४ महिनादेखि भुक्तानी नपाउँदा आफुहरुमाथि आर्थिक भार बढेको जेभीका योजना संयोजक ठाकुरले बताउनुभयो  ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..