» » बाबुरामको अचानक ‘प्रमोशन’

जनता समाजवादी पार्टी नेपालले डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ । असारमा पार्टी दर्ताका लागि जाँदा संघीय परिषदको अध्यक्षमा नाम रहेको बाबुरामको नाममा टिपेक्स लगाई वरिष्ठ नेतामा राखिएको थियो । 

पार्टीले निर्वाचन आयोगबाट आधिकारिता पनि पाइसक्यो तर उहाँलाई अचानक संघीय परिषद्को अध्यक्ष बनाइएको छ । पार्टी दर्ताको समय वरियताक्रमको पहिलो नम्बरमा को रहने भनि विवाद भएपछि डा.भट्टराईले आफूलाई वरिष्ठ नेतामा नै राख्नु भएको थियो ।  

महन्थ ठाकुरले आफू वरियताक्रमका एक नम्बरमा रहने अडानमा हुनुहुन्थ्यो भने डा.भट्टराईले पनि आफू संघीय परिषद्को अध्यक्ष रहने हो भने वरियताक्रमको एक नम्बरमा रहने, यदि नभए आफू वरिष्ठ नेतामा बस्न तयार रहेको भन्दै वरिष्ठ नेतामा राख्नु भएको थियो । 

यदि बाबुराम भट्राई अडानमा बसेको भए त्यो पार्टी दर्ता हुन सक्दैन्थ्यो, पार्टी एकतामा समस्या नहोस् भनेर डा.भट्टराई एककदम पछाडी हट्नु भएको त्यतिबेला कतिपय नेताहरुले भन्नुभएको थियो । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ड.भटट्राई पार्टीको वरिष्ठ नेतामा बस्न राजि हुनु भनेको पार्टीका लागि गौरवको कुरा भन्दै नेताहरुले प्रसंशा गर्नुभएको थियो । समाजिक सञ्जालदेखि लिएर विभिनन सञ्चारमाध्यममा डा.भट्टराईको प्रंशसा भएको थियो । 

डा.भट्टराईले पनि आफ्नो लागि पद ठूलो कुरा होइन, पार्टी एकीकरणका लागि आफू जस्तो सुकै पद त्याग गर्न तयार रहेको प्रतिकृया दिनुभएको थियो तर चार महिना नपुग्दै उहाँले संघीय परिषद्को अध्यक्ष पड्काउनु भएको छ । अब प्रश्न खडा हुन्छ, उहाँ संघीय परिषद्को अध्यक्ष छाडेर वरिष्गठ नेतामा किन जानु भएको थियो । 

अहिले चार महिनामा के चमत्कार भयो उहाँ परिषद्को अध्यक्षमा फेरि फर्किनु भयो । 

यता, विधान संशोधन गरी केन्द्रीय समितिको सँख्या बढाएर ८०१ पुर्याएको छ । कात्तिक ३ गते बसेको कार्यकारिणी समितिको बैठकले ७०१ सदस्यीय रहेको सँख्यालाई ८०१ पुर्याएको छ । गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल बनेको थियो । 

केन्द्रीय समिति बनाउनका लागि दुवै पार्टीले आआफ्नो तर्फबाट नाम दिँदा आवश्यकताभन्दा बढी नाम गएको कारण त्यसलाई मिलाउन विधान संशोधन गरेको छ । समाजवादी पार्टी नेपालको भागमा जति परेको थियो त्यो अनुसार नै नामावली दिएको थियो तर राजपा नेपालले आवश्यकता भन्दा बढीको नाम दिएको थियो । 

त्यसलाई मिलाउनका लागि पार्टीको अन्तरिम विधान नै संशोधन गर्नुपर्यो ।

त्यस्तै, अनुशासन सम्बन्धी प्रावधानलाई पनि संशोधन गरेको छ । अनुशासन उल्लघंन गरेपछि त्यसको बारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा ल्याएको स्रोतले जनाएको छ । पार्टीको कारवाही प्रकृयामा पनि केही खुकुलो गरेको छ । 

पार्टीको हितविपरित काम गरेमा सिधै कारवाही गर्ने प्रावधान थियो अहिले सचिने मौका दिने प्रावधान राखिएको छ । त्यसैगरि, जसपा नेपालमा अब सचिवालय रहने छैन । 


कार्यकारिणी समितिको बैठकले गरेको विधान संशोधन अनुसार विधानको दफा १८ उपदफा ६ मा पार्टीको कार्य सञ्चालन गर्न आवश्यक देखिएमा केन्द्रीय कार्यकारिणी समितिले आफ्नो समितिको सँख्याको एक तिहाईसम्म सदस्य राखी केन्द्रीय सचिवालय गठन गर्ने उल्लेख थियो । अहिले त्यसलाई संशोधन गरेको छ । 

अब जसपा नेपालमा सचिवालय रहनेछैन । 

जसपा नेपालले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ । केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले प्रति महिना एक हजार रुपियाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यहरु ५००, संघीय परिषद्का सदस्यहरु ३००, राष्ट्रिय समितिका सदस्यहरु २५० र संघीय सांसदहरुले १५ हजार रुपियाँ प्रत्येक महिना लेवीको रुपमा बुझाउनु पर्ने पार्टीले निर्णय गरेको छ । 

प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट जननिर्वाचित मनोनित प्रतिनिधिहरुले तोकिएको बोमोजिम लेवि बुझाउपर्ने तथा पार्टीको तर्फबाट विभिन्न लाभ पदमा नियुक्त भएका व्यक्तिहरु तोकिएको बमोजिम लेवी बुझाउपर्ने पार्टीको निर्णयमा उल्लेख छ । पार्टी सदस्यता शुल्कको वितरण गर्दा ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पनि सो पार्टीले निर्णय गरेको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..