» » नेकपाले देशलाई निरकुंश तथा प्रतिगमनतर्फ लगिरहेको छ–उपेन्द्र यादव

सहारा टाइम्स

काठमाडौं कात्तिक १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गरेका दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै लोकतन्त्रलाई धरापमा  पारी देशलाई निरकुँश तथा प्रतिगमनतर्फ लैजाने षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । 


सररकाले नेपालसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने गरेको निर्णयप्रति आपत्ति जनाउँदै अध्यक्ष यादवले सो निर्णय असंवैधानिक रहेको दावी गर्नुभएको छ । 

नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गतन्त्रात्मक शासन व्यवसथा उल्लेख गरिएको छ । त्यसैगरी संविधानको धारा ४ नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न..... सङ्घीय लोकतान्त्रिक गतन्त्रात्मक राज्य हो भनि लेखिएको छ । तर सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल  र अंग्रेजीमा “फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल नलेख्नु भनि आदेश जारी गरेको उल्लेख गर्दै अध्यक्ष यादवले सरकारको सो निर्णय, निर्देशन र आदेश असंवैधानिक हुनका साथै जनताले संधर्ष, त्याग र बलिदानद्वरा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा रहेको उल्लेख गर्नुभएको छ । 

यो निर्णयले लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणली र समावेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई निरङकुशतातर्फ अर्थात प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भइरहेको बताउँदै उहाँले जनतालाई यसको स्पस्ट जवाफ दिन नेकपासँग आग्रह गर्नुभएको छ । उहाँले जनताले अब फेरि अर्को प्रतिगमनका बिरुद्ध पनि संघर्ष गर्नुपर्ने बताउनु भएको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..