काठमाडौं कात्तिक १९ गते । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज वसन्तपुरको कुमारी मन्दिर र पशुपतीको दर्शन गनुृभएको छ । तीन दिने भ्रमणमा आउनु भएका नरवणेको अनौपचारिक कार्यक्रम अनुसार आज उहाँले दुईटा मन्दिरको दर्शन गर्नुभयो ।
श्रीमती विना नरवणेका साथ उहाँ वसन्तपुरको कुमारी मन्दिर र साँझमा पशुपतिको दर्शन गर्नुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार आज उहाँको यो अनौपचारिक कार्यक्रम मात्र थियो भोलीदेखि मात्र औपचारिक कार्यक्रम शुरु हुनेछ ।
पशुपति दर्शन गर्न जाँदा नरवणेले नेपाली ढाका टोपी लगाउनु भएको थियो । नेपाल भारत सीमा विवादमा विवादस्पद अभिव्यक्ति दिनु भएका नरवणे नेपाल भ्रमण चर्चाको विषय बनेको छ । कालापानी, लिपुलेक, लिम्पुवाधुराको बारेमा नेपालले आफ्नो कुरा राख्दा उहाँले कसैको उक्साहटमा यो कुरा राखेको अभिव्यक्ति दिनु भएको थियो । तर त्यसको एक महिना नबित्दै नेपाल र भारतबीच राम्रो मित्रता रहेको र यो सधै कायम रहने अभिव्यक्ति दिनुभएको थियो । आज उहाँले ढाका टोपी लगाएर नेपाली राष्ट्रियताको सम्मान गरेको पनि चर्चा हुन थालेको छ ।
No comments: