सहारा टाइम्स
वीरगंज कात्तिक २० गते । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले दोस्रो दिन पनि वीरगञ्जका सामुदायिक विद्यालयहरूमा मास्क तथा सेनिटाईजर वितरण गर्नुभएको छ ।
मास्क तथा सेनिटाइजर वितरण कार्यक्रम अन्तर्गत सांसद यादवले वीरगञ्जको नरसिंह मावि तथा सिद्धार्थ मावि पिपरामा बिहिबार २ हजार पिस मास्क तथा सेनिटाइजर वितरण गर्नुभएको हो ।
यसका साथै उहाँले कोरोनाको संक्रमणकालमा सुरक्षित पठन पाठनका विद्यालयमा भइरहेको पूर्व तयारीको बारेमा स्थलगत अनुगमन गरी दुवै विद्यालयको अवस्थाको बारेमा शिक्षक शिक्षिका, प्रधानाध्यापकसँग साथमा जानकारी पनि लिनुभयो ।
कोरोनाको जोखिमको बेला सञ्चालन हुन लागेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको सुरक्षार्थ सांसद यादवले बुधबार पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरुमा मास्क तथा सेनिटाइजन वितरण गर्नुभएको थियो ।
पहिलो चरण अन्तर्गत सांसद यादवले माईस्थान विद्यापिठ मावि, श्री सुन्दरमल राम कुमार कन्या मावि , त्रिजुद्ध उच्च मा।वि।, श्री नेरा उच्च मावि श्रीपुर तथा त्रिभुवन हनुमान माविमा प्रत्येक विद्यार्थीहरुलाई पुग्ने गरि ४ हजार मास्क तथा सेनिटाइजन वितरण गर्नुभएको थियो ।
कारोना भाइरसको जोखिम बालबालीकामा बढि रहेकाले संकमणबाट बालबालिकालाइ जोगाउने उद्देश्यका साथ विद्यालय संचालन हुनु अगावै मास्क तथा सेनिटाईजर उपलब्ध गराइएको सासंद यादवले बताउनुभयो ।
No comments: