» » कृषि क्रान्ति आधुनिक प्रविधिविना असम्भव

–प्रदीपकुमार यादव

विश्व वैंकको प्रतिवेदन “एग्रीकल्चर फोर डिभलपमेन्ट २००८” को अनुसार, “२१औं शताव्दीमा पनि कृषि आधारित देशहरुमा गरिवी न्यूनीकरण,आर्थिक वृद्धि र दिगो स्वस्थ्य वातावरण निर्माणमा कृषि क्षेत्रको मुख्य भूमिका रहेको छ । विज्ञान र प्रविधिले विकासशिल देशहरुमा आर्थिक वृद्धिको प्रक्रियामा संचालक (म्चष्खभचक) हो, कृषि अनुसन्धान र विकासले भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छर्” । कुनै पनि राष्ट्र सबै क्षेत्रमा आत्मनिर्भर हुदैन ।

 नेपाल कृषि प्रधान राष्ट्र मात्र नभएर नेपाली जीवनसंस्कृति र मानवजीवनको अभिन्न अंग हो । यसले नेपाली जनतालाई रोजगार, खाद्यान्न, आय आर्जनको श्रोत, गरिवी न्यूनीकरणमा सहयोग, कृषि उद्योग कारखानाहरुलाई कच्चा पदार्थहरु, व्यापार संतुलनमा समेत अहंम भूमिका प्रदान गर्दछ ।

नेपालको ८० प्रतिशत भन्दा बढी ग्रामिण जनसँख्याको जीवन निर्वाहको मुख्य आधार पारिवारिक खेती प्रणाली नै हो । बाँंकि २० प्रतिशतको जीवन निवार्हको आधार पनि कृषि नै हो । कृषि नेपाली अर्थतन्त्रको मुख्य आधार र मानिस एवं जनावरहरुको जीवन निर्वाहका आधार नै हुन् । 

यसबााहेक कृषिले स्वचछ एवं स्वस्थ्य वातावरण निर्माण र प्राकृतिक हरियाली सौन्दर्यता मार्फत कृषि—वन—पर्यावरण पर्यटन प्रवद्र्धनमा समेत मदत पु¥याउँछ । नेपालको ईतिहासमा कृषि यस्तो स्थायी स्वाभिमानी पेशा हो जो दशवर्षे जनयुद्ध कालमा पनि जनतालाई भोक र रोगवाट मृत्युवरण हुन दिएन । स्वदेशमै कृषि उत्पादनको संभावना रहेको, उत्पादन गर्न सकिने, आयातको प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनको यथेष्ठ संभावना रहेको छ । 


वास्तविक खेती गर्ने वहुसँख्यक मध्यम, गरिव, भूमिहिन, कृषि श्रमिक किसानहरुको हातमा जमिन छैन । प्रविधि, ज्ञान, सीप, पुँजी, दक्षता आदिको अभाव छ । उनीहरुको जीवन दैनिक हातमुख जोड्ने खालको छ तर प्राकृकि प्रदत जमिन हुने खानेहरुको कब्जामा छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७५÷०७६ मा १ खर्व ६१ अर्व ५८ करोडको खाद्य कृषि तथा पशुजन्यवस्तुको आयात र आ.व.२०७६÷०७७ मा २ खर्व ४३ अर्वको कृषि तथा पशुपंक्षीजन्य विषाक्त एवं कचरा उपभोग्यवस्तुहरु विना रोकटोक आयात गर्नु परेको छ । यो देशको लागि १९७० दशकपछि वर्षेनी  आयात वृद्धि हुने दुखद समस्या भएपनि राष्ट्रिय नेतृत्वदेखि सर्वसाधारण समेत सम्झिन्छ तर समस्या टरेपछि बिर्सिने परिपाटी स्थापित भएको छ । 

२०१३ साल प्रथम पंचवर्षिय राष्ट्रिय योजना देखि १५ औं योजनासम्मका कृषि कार्यक्रमहरु विदेशी ऋण, अनुदान र आन्तरिक वजेटवाट केन्द्रीय एवं विभागीय वहुवर्षिय र वार्षिक कार्यक्रमहरु उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको हुन्छ । 

कार्यक्रमको संचलान प्रक्रिया तथा सम्पन्न कार्यक्रमहरुको चौमासिक तथा वार्षिक समिक्षाहरुमा राष्ट्रिय नेतृत्व, नीति निर्मार्ता, कार्यक्रम कार्यान्वयनकर्ता तथा अन्य विशिष्ट  भसंभ्रान्त अनुगमनकर्ता, मुल्यांकनकर्ता, विश्लेषक आदि जस्ता समिक्षकहरुको उपस्थितिमा शतप्रतिशत प्रगति भएको प्रस्तुति हुन्छ । तर राष्ट्रका श्रोत साधनहरु खर्च भए पनि कार्यक्रम निमाणको भाषण र कार्यान्वयनको व्यवहारमा एकरुपताको अभाव देखिन्छ । 

जसले किसान र संस्थाको बीच अन्तरसम्बन्ध कायम स्थापित गर्न सक्दैन, सरोकारवालाहरुको समक्ष प्रविधिको पहुच हुदैन । उन्नत श्रोतवीउ,ं गुणस्तरिय प्राङ्गागारिक वा अप्राङ्गागारिक मल, गुणस्तरिय जैविक वा अजैविक विषादी, प्रविधि, ज्ञान, शीप, उपलव्ध गर्ने गराउने संरचनाहरु, अनुसन्धानकर्ताहरु केन्द्रीत वा विकेन्द्रीत र भौतिक संरचना उत्पादनशीलताको बारेमा गहन अध्ययनमा अकर्मण्यता हो वा लाचारी वा अयोग्यता हो वुझिनसक्नु छैन । 

नेतृत्वले व्यक्तिगत लाभको फन्दामा फसिसके पछि राष्ट्रिय स्वार्थका समस्याहरु गौण वा महत्वहिन हुनजान्छ । प्रविधिहरु उत्पादन गर्ने, उपलव्ध गराउने कृषि अनुसन्धानलाई राष्ट्रिय गौरवको आयोजना प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना निर्माण तथा कार्यान्वयनमा प्रत्यक्ष सहभागिता नगराउनु शंकामय छ । 

यसले झन गम्भिर प्रश्न उठाएको छ । नेपालको सन्दर्भमा राजनीतिक नेतृत्वले सबैथोकको निर्णय आफै गर्न खोजेको पाईन्छ तर नेतृत्वले बुझ्नु पर्ने असाधारण प्रतिभा सम्पन्न वा वौद्धिक वा सिर्जनात्मक मानिस भए पनि आफ्नो विषयमा बाहेक अरु धेरै विषयमा कमजोर हुन्छन् । 


विश्वको कुनै पनि मुलुक कृषि क्रान्ति वेगर औद्योगिक क्रान्तिमा प्रवेश गरेको छैन । कृषि क्षेत्रमा अध्ययन, अनुसन्धान तथा प्रविधि, ज्ञान आदिको प्रयोगविना कृषिमा व्यवासायिकरण संभव छैन । कृषि उद्योगहरुलाई कच्चा पदार्थहरु उपलव्ध हुन सक्दैन ।

उत्पादन तथा उत्पादकत्वमा वृद्धि पनि हुदैन । यो ध्रुवसत्य हो । त्यसै अर्थमा प्रविधि, ज्ञान र शीपको विकासको लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ०४८ साल वैशाख २५ गते स्थापना भएको हो । परिषदले केन्द्रीकृत संरचना र श्रोतसाधनको अभाव हुदाँ हुदै पनि उद्देश्य अनुरुप कृषि प्रविधि विकास प्रति समर्पित रहे तापनि अपेक्षाकृत प्रविधि विकास गर्न सकेको छैन । किसानले अपेक्षा गरेको पर्याप्त नवीनतम प्रविधिहरु विकास गर्न सकेको छैन । माग र पहुच पुरा गर्नै सक्दैन । कृषि अनुसन्धान परिषद्को वर्तमान संरचनाको मोडेल र परम्परागत अनुसन्धान प्रणालीको विशिष्टिकृत अनुसन्धान गर्नै सक्दैन । किसान तथा सरोकारवालाहरुको माग पुरा गर्न सक्दैन । 

प्रविधिको प्रयोगले कृषिको व्यवसायिकरण, आद्योगिकिकरण र आधुनिकिकरणमा स्थायीत्व प्रदान गर्छ । उत्पादन तथा उत्पादकतव वृद्धिमा दिगोपना प्रदान गर्छ । नेपालको विकासमा कृषिको अग्रण्ी भूमिका एवं नेतृत्वको संभावना रहेकोले  कृषि क्षेत्रमा आत्मनिभर र स्वाधिन कृषि अर्थतन्त्र निर्माणको लागि “१९औं शताव्दी रसायनिक, २०औं शताव्दी भौतिक अनुसन्धानको जगमा २१औं शताव्दीका आवश्यकतामा आधारित जैविक औद्यौगीक अनुसन्धान आवश्यक छ । 

नेपालमा खाद्यान्न वाली २८, तरकारी २१३, दलहल वाली २७, तेलहन वाली २६, नगदे व्यवसायिक औद्योगीक वाली १९, जैविक विषादीयुक्त वनस्पति ६४, मसला वाली २० र २५, पुष्प ३० र ४० वालीवस्तुहरुको गन्य र नगन्य रुपमा व्यावसायिक खेती भइरहेको छ । त्यस बालीहरुमा अनुसन्धान र प्रविधि विकास गर्ने जिम्मेवारी लिएको कृषि अनुसन्धानका अन्तर्गत कार्यालयहरुको सँख्या ६२ वटा मध्ये २६ वटा केन्द्र उपत्यका स्थित (काठमाण्डौ, भक्तपुर, ललितपुर) र बाँंकि ७४ जिल्लामा २६ वटा मात्र केन्द्रीकृत छ । 

त्यत्ति मात्र होईन भौतिक संरचना, अनुसन्धानकर्ताहरु, वजेट र कार्यक्रम, शक्ति एवं अधिकारहरु तथा अन्य केन्द्रीत अवस्थामा रहेको कारण यसले आत्मनिर्भरता हुने बालीवस्तुहरुमा अनुसन्धन गर्नै सक्दैन । यस्तो अनुसन्धाले राष्ट्रिय महत्व राख्ने बालीवस्तुहरुलाई समेटनै सक्दैन ।

 शहर केन्द्रीत अनुसन्धान प्रणालीको कारण किसान र सरोकारवालाहरु विज्ञान एवं प्रविधिमा आधारित विकसित एवं प्रमाणित प्रविधिसम्म पहुंच तथा प्रविधि ग्रहणको अभाव मात्र नभै अनुसन्धाकर्ता, प्रसारकर्ता, प्रयोगकर्ता बीच समन्वय एवं दिगो व्यवस्थापनको पनि अभाव छ । संरचना र कार्यक्रमहरु नतिजामुखि नभै अन्तरमुखि, दोहोरापना, तेहोरापना, खर्चिलो,ं वोझिलोको तथा खरिदमुखि मात्रै हुने गरेको छ । 

कृषि विकास नीतिहरु, अनुसन्धानका कार्यक्रम, भौतिक संरचनाहरु, तथा अनुसन्धानकर्ताहरुको विकास, व्यवस्थापन तथा भर्ना कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको अवस्था छ । यस्तो यथास्थितिमा नेपालले विश्वको परिवर्तित परिदृश्य खुला वजार अर्थनीति, भूमण्डलीकरणको प्रतिस्पर्धि मागलाई वर्तमान संरचनाले सम्बोधन गर्न सक्दैन । 

खाद्य एवं पोषण सुरक्षा र खाद्य सम्प्रभुताको सम्बोधन गर्न सक्दैन । मानव जगत अस्तित्वमा रहुञ्जेल कुनै पनि शताव्दीमा जीवननिर्वाहको लागि कृषिको महत्व र आवश्यकता रहिरहने छ, अर्थात कृषिविना बाँंच्न सक्दैन । त्यस अर्थमा कृषि क्षेत्रमा क्रमिक विकास गर्दै आत्मनिर्भर तर्फ ध्यान केन्द्रीत हुन अपरिहार्य छ । प्रविधि विकास गर्न परिषद अन्तरराष्ट्रियस्तरको राष्ट्रिय संस्था हो । 

(लेखक यादव लामो समयसम्म कृषि क्षेत्रमा काम गर्नुभएको छ)


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..