» » अझै पंचायाती व्यवस्था (सम्पादकीय)


‘अझै पंचायती व्यवस्था’ यो वाक्य सुन्दा कस्तो अनौठो लाग्छ । पंचायती निरकुँशताको विरुद्ध लामो लडाई लडेपछि गणतन्त्र आएको हो तर यो व्यवस्थामा पनि पंचायती अवशेषहरु हेर्दा र सुन्दा कस्तो अनौठो लाग्छ । शहरदेखि बजारसम्म पंचायतका थुप्रै अवषेशहरु छन् । 


जसलाई न कुनै आन्दोलनले हटाउन सक्छ न कुनै कानुनले मेटाउन सक्छ । समाजका लागि त्यो आफैमा एउटा व्यवहार बनेको छ, एउटा कानुन बनेको छ । 


जसलाई चाहदा न चाहदै मान्नु परेको छ । त्यसमध्ये अहिले सबभन्दा ठूलो जडा गारेको कुराहरु पंचायती अर्थात गाउँघरमा गाउँका अगुवाहरुले आपसमा कुनै झगडाको फैसला गर्न बस्ने बैठकलाई पंचायती भनिन्छ । 


यो रणाकालदेखि हुँदै आएको परम्परा जस्तै हो । राणाकालमा भाइ भरदारहरु मिलेर ठाडै आदेशका आधारमा कुनै निर्णय गर्दा त्यसलाई मान्नु पर्ने बाध्यता हुन्थ्यो । त्यो पंचायती व्यवस्थामा पनि कायम रह्यो । त्यतिबोलाका गाउँका प्रधानपञ्चहरु (भारततिर मुखिया भन्छन्) ले गाउँका झगडालाई पंचायती बसाएर मिलाउने गर्थे । त्यो बेला यो निकै प्रचलनमा थियो । मानौ त्यतिबेलाका प्रधानपञ्चको कामै त्यही मात्र थियो । 


दिनभरि गाउँका समस्याहरु समाधान गर्नैमा व्यस्त हुन्थ्यो । विस्तारै व्यवस्थामा परिवर्तन आउँदै गयो । २०४६ मा पंचायती व्यवस्था ढलेपछि त्यही प्रधानमन्त्री अध्यक्ष हुनुभयो । पंचायती व्यवस्थामा प्रधानपञ्चहरुले गर्ने पंचायती व्यवस्था ढलेन तर त्यसमा कमी अवश्य आएको थियो । पंचायती व्यवस्थामा कुनै पनि पंचायतमा प्रधानपञ्चको उपस्थिति अनिवार्य हुन्थ्यो । उहाँ उपस्थित नभएसम्म पंचायत शुरु हुँदैन्थ्यो तर देशमा प्रजातन्त्र आएपछि त्यसमा कमी आयो । गाविसका अध्यक्षको उपस्थिति अनिवार्य रहेन । उहाँ उपस्थित नभएपनि पंचायत हुन्थ्यो । गाउँका भरभलादमीहरु त्यसको फैसाल गर्नुहुन्थ्यो । त्यो परम्परा अझै कायम छ । 

यसो भनौं, प्रजातन्त्र भन्दा गणतन्त्रमा त्यो पंचायती शैली झन झाँगिएर आएको छ । स्थानीय जनप्रतिनिधिहरु त्यसमा सहभागी हुन थालेका छन् । अर्थात त्यसलाई विेशष प्राथमिकता दिन थालेका छन् । उपाध्यक्षको संयोजकत्वमा मिलापत्र गराउने एउटा समिति नै बनेको छ । 


त्यसले गर्दा पंचायती व्यवस्थाको झझल्को अझै पाइन्छ । यसलाई कानुनले पनि मान्यता दिएको कारण पंचायतले मलजल पाएको छ । सिडियो कार्यालाय, प्रहरी कार्यालय यहाँसम्म कि अदालतमा रिट दायर गर्दासमेत पहिला गाउँमै मिलापत्र गर्नुस्, आफैमा मिलेर आउनुस् भन्ने गरेको छ । गाउँबाट मिलेर आयो भने निवदेन फिर्ता हुन्छ, कतिपय अवस्थामा रिट पनि खारेज हुने गरेको छ । प्रहरीमा परेका उजुरी पनि क्यान्सल हुने गरेको छ । त्यसले गर्दा यसको महत्व गाउँघरमा झन बढ्दै गएको छ । 


गाउँघरमा यसले समस्या समाधान गरे पनि यसको आफ्नै बिकृति रहेका छन् । कतिपय अवस्थामा यसको फैसला मान्नुपर्ने बाध्यता हुन्छ । अधिकाँश फैसला पूर्वाग्रही हुन्छ । पीडितले न्याय पाउने सम्भावना धेरै कम हुन्छ । पंचायती गर्ने अधिकाँश ठूला बडा हुन्छन्, गाउँका जमिन्दारहरु हुन्छन् र उनीहरुले ठूलाबडाकै पक्षमा फैसला गरेका हुन्छन् । गाउँघरमा प्राय गरि साना, निर्धा, गरिब, निमुखाहरु पीडित हुन्छन् । 


ठूला बडाले उनीहरुमाथि ज्यादती गरेका हुन्छन् । र, पंचायतमा पनि पञ्चहरु ठूलावडाकै पक्षमा हुन्छन् । गरिब निमुखालाई हप्काएर फैसला स्वीकार गर्न बाध्य पारेका हुन्छन् । पछिल्लो समय गाउँघरमा देखिएको घटनाहरु त्यस्तै हुन् । गाउँघरका अगुवा (पंच) हरु पीडकसँग मिलेर पीडितलाई झन पिडा दिएका हुन्छन् । पीडितलाई गाउँमै मिल्नका लागि दवाव दिएका हुन्छन् । 


अदालत वा प्रहरीमा जान दिइरहेका हुँदैन । झगडा वा अपराध मिलाउनका लागि पीडितहरुलाई विभिन्न लोभ प्रलोभनहरु दिएका हुन्छन् । त्यसले पनि मोनन् भने डर धम्की पनि दिएका हुन्छन् । कतिपय अवस्थामा कुटपिट गरेका हुन्छन् । अहिले त झन दलीय व्यवस्था रहेको छ । विभिन्न दलका प्रतिनिधिहरु हुन्छन । जनताको मतबाट प्रतिनिधि बनेका हुन्छन् । उसलाई जसले मत दिएको हुन्छ वा आफ्ना दलका मान्छेलाई संरक्षण गरेका हुन्छन् । अरु दलको छ भने त्यसलाई दोषी देखाउने गरेको घटनाहरु पनि बाहिर आएका छन् । 


यस्ता घटनाहरु बाहिर आउन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै घटनालाई गाउँमै मिलाउनका लागि दवाव दिने व्यक्तिलाई तुरुन्त समातेर कारवाही चलाउन मातहतका निकायलाई निर्देशन दिएको छ तर गाउँघरमा यो कति लागु हुन्छ थाह छैन तर गाउँघरमा रहेका प्रहरी चौकी पंचहरुसँगै मिलेको हुन्छ । पंचहरु जस्तो निर्णय गरेका हुन्छन् त्यसैमा प्रहरीहरुले हो मा हो मिलाई रहेका हुन्छन् । त्यसले यसका लागिकडा कानुनको आवश्यकता रहेको छ । गाउँको झगडा गाउँमै मिलाउने कुरा ठिका हो तर त्यसलाई विकृत बन्न दिनु हुँदैन । त्यसलाई व्यवस्थित गर्नुपर्ने अवस्था छ । कानुनमा त्यसलाई बाँध्नुपर्छ ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..