» » वल्डलिंकका १० हजार ठाउँमा पब्लिक वाइफाइ


काठमाडौं भदौं ३० गते । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले देशका १० हजार ठाउँमा सार्वजनिक वाईफाई विस्तार गरेको छ ।


आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाइरहँदा  देशैभर वाईफाई विस्तार गरेको  वल्र्ड लिंकले जनाएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको कम्पनीका अध्यक्ष डिलिप कुमार अग्रवालले बताउनुभयो । 


मन्दिर, अस्पताल, बसपार्क, क्याफे तथा रेष्टुरेन्ट लगायतका स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ । यसका साथै  क्याफे तथा रेष्टुरेन्टबाट जडान वापतको न्यूनतम शूल्क लिने गरिएको भए पनि प्रयोगको लागि भने निस्शुल्क नै चलाउन पाइन्छ ।


कम्पनीका अनुसार हाल दैनिक एक लाख ५१ हजारले पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । कम्पनीले डेढ वर्षअघि १० हजार स्थानमा पब्लिक वाईफाई सेवा दिने योजना ल्याएको थियो । फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभुत गराउन यो योजना अगाडि सारिएको उहाँले जानकारी दिनुभयो । 


वल्र्डलिंक सन् १९९५ मा स्थापना भएको हो। वर्ल्डलिंकका अहिले ४ लाख ८५ हजार कनेक्सन छन् । त्यस्तै २१ लाख प्रयोगकर्ता रहेका छन् । यसले इन्टरनेट टिभीको सेवा पनि दिइरहेको छ । आइपी टिभीका ग्राक हाल १ लाख ८४ हजार छन् । दिनमा १५ लाख सक्रिय वाइफाइ प्रयोग कर्ता भएको कम्पनीले ३ हजार ९५० जनालाई रोजगारी दिएको छ ।


कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुने सम्पन्न भइ सकेपनि सर्वसधारणका लागि शेयर जारी गर्नका लागि भने केही तयारी आवश्यक पर्ने अग्रवालले जानकारी दिनु भयो । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..