
काठमाडौं असोज २ गते । सरकारले असोज ३ गते मनाउने संविधान दिवसमा जनता समाजवादी पार्टी नेपालले भाग नलिने निर्णय गरेको छ ।
जसपाको पदाधिकारी बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने उल्लेख गरिएको छ ।
संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा असोज ३ गतेको कार्यक्रममा भाग नलिने भएको छ ।
संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संविधान संशोधनद्धरा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना पार्टी कार्यकर्तालाई आह्वान गरेको छ ।
No comments: