» » सोह्रश्राद्ध गराउन पुरोहितलाई भ्याइ नभ्याइ

काठमाडौं भदौं २३ गते । अहिले महोत्तरीसहित मिथिला क्षेत्रका कर्मकाण्डी पेशाका पुरोहितलाई सञ्चविसञ्चको शिष्टाचार निर्वाहका लागि समय मिलाउन पनि सकस छ । 


जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराई दिनुपर्ने दौडादौडले पुरोहितलाई अहिले भ्याइनभ्याइ परेको हो । सोह्रश्राद्धमा आफ्ना दिवङ्गत आफन्तको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चारपाँच ठाउँमा श्राद्ध गराउन पर्ने भएपछि पुरोहितको व्यस्तता निकै बढेको छ । 


“हेर्नोस् न एकातर्फ कोरोनाको कहरले सबैतिर बन्दाबन्दी, यहीबेला पितृपक्षमा सबै यजमानकहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता” महोत्तरीको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डी पेशाका पुरोहित ब्राह्मण दिनेशकुमार झा भन्नुहुन्छ, “गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै प¥यो । दौडादौडले आफ्नै घरका परिवारजनलाई पनि घरकाजका कुरामा सल्लाह गर्न समय छैन ।” पितृपक्षका बितेका छ दिन (भदौ–१७ गतेदेखि २२ सम्म) मा दैनिकजसो तीन÷चार घरमा तर्पण र श्राद्ध गराउनुपरेको र यसपक्षका बाँकी दिनका लागि पनि दिनदिनै तीन÷चार ठाउँका बोलाहट रहेको झाको भनाइ छ ।


कोभिड–१९ सङ्क्रमण सन्त्रास छल्न सबैतिर बन्दाबन्दी भएको बेला अहिले ठीक÷ठीक समयमा यजमानकहाँ पुग्न पनि समस्या छ । यद्यपि यजमानको बोलाहट अटेरभने नगरिने पुरोहित बताउँछन् । “अब समय नै अप्ठ्यारो छ, बाहिरी हुलमाल, भीडभाडबाट बच्नुपर्छ” झा भन्नुहुन्छ, “श्राद्ध गराई रहँदा पनि आफ्नो, यजमानको र उनका परिवारजनबीच भौतिक दूरी निर्वाहको भने कडाइका साथ पालना गरिन्छ ।” आपूmले सबैजसो यजमानलाई श्राद्धमा भोजभतेर गर्न, आफन्त बोलाउन र घरमै पनि झुण्डमा बस्न नहुने पहिले नै सुझाउने गरेको पुरोहित झाको भनाइ छ ।


असोज कृष्ण प्रतिपदादेखि औँशीसम्मका १५ तिथि र पूर्णिमा तिथि रहेका पितृको पार्वण श्राद्ध पनि औँशीमै गर्नुपर्ने हुँदा यसपक्षमा १६ तिथिका श्राद्ध गरिन्छन् ।  हिन्दू वैदिक परम्पराअनुसार गरिने पार्वण र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवङ्गत भएका हरुको गरिने)  श्राद्ध दिवङ्गत आफन्तको तिथि धेरैजसो  यजमान ९श्राद्ध वा वैदिक कार्य आयोजन गर्ने कत्र्ता) को घरमा एकैदिन पर्ने भएकाले आफूहरुलाई भ्याइनभ्याइ परेको कर्मकाण्डी पुरोहितको भनाइ छ ।



सामान्यतया एकोदिष्ट श्राद्ध (आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न दुई घण्टा लाग्नेमा पार्वण श्राद्ध गर्नभने कम्तीमा साढे तीन घण्टा लाग्ने पुरोहित बताउँछन् । एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ । तर, पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकूल), मावल (मातृकूल) का तीन पुस्तालाई नै सङ्कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र थपमा गुरु, अविवाहित दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको महोत्तरीकै भङ्गाहा नगरपालिका–३ का पुरोहित पेशाका ब्राह्मण विष्णुप्रसाद शर्मा बताउनुहुन्छ ।


हिन्दू धर्मावलम्बीकोे मुख्य चाड मानिने दशैँ, तिहार र छठअघिको सोह्रश्राद्धमा दिवङ्गत पितृ मत्र्यलोक (पृथ्वी) मा बिचरण गर्न आउने र यसबेला आफ्ना सन्तानले दिएको तर्पण (कर्मकाण्डी विधिले पितृलाई पानी अर्पण गर्ने कार्य) तथा पिण्ड (गाईको दूधमा पकाइएको खिरलाई डल्लो बनाई पितृलाई अर्पण गरिने वस्तु) तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । यस अवधिमा  पितृको स्मरणले देवीदेवता प्रशन्न हुने मान्यताले गर्दा दशँै, तिहार र छठअघिको असोज कृष्णपक्षलाई पितृपक्ष मानेर  श्राद्ध गर्ने परम्परा चलेको पूर्वीय वैदिक परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिवास–१ का भागवत काफ्ले बताउनुहुन्छ ।


सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दख्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेशा अँगाल्ने ब्राह्मण पातलिँदै गएका छन् । अझैसम्म लोकलाई देखाउनै भए पनि कतिपयले श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायी चिन्ता व्यक्त गर्छन् । “अब त पुरोहित ब्राह्मण भेट्नै मुस्किल भइसक्यो बाबु” महोत्तरीकै भङ्गाहा–४ का ८० वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “नयाँ पुस्ताका सबै अर्कै पेशा र क्षेत्रमा लागेका देखिन्छन्, पुराना पुस्ताका पुरोहितको शेषपछि खै के थामिएला हाम्रो चलन ?”     


समयको प्रवाहसँगै अन्य कामदारसरह आफूहरुको पारिश्रमिक र मर्यादा नहुँदा अब आफ्ना छोराछोरीलाई कर्मकाण्डी क्षेत्र  छोडाएर अन्य विषय पढाउन थालिएको पाका कर्मकाण्डी ब्राह्मण स्वीकार गर्छन् । “काम परेर बोलाउँछन्, गुरु यस्तो काम गरिदिनु प¥यो भन्छन्, तर, पुरोहितलाई दिइने दक्षिणामा टीकाटिप्पणी बढ्दै गएको छ” नाम बताउन नचाहने एक कर्मकाण्डी पुरोहित ब्राह्मणले खिन्न हुँदै भन्नुभयो, “आखिर हामी जबर्जस्ती त जाने हैनांै, हाम्रा लागि सम्बोधन ‘टपरे बाहुन’ को हुने गरेको छ , यो अमर्यादित सम्बोधन र हेला वचनले छोरालाई यो पेशातिर फर्केर नहेर्न सल्लाह दिने गरेको छु ।”  


यता वैदिक परम्पराका अनुयायीको भने आफ्नो पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउन पर्ने सुझाव छ । दुनियाँका अन्य मुलुकमा आआफ्ना परम्पराप्रति गर्व गर्ने देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नुजस्तै सबैले ठान्नुपर्ने महोत्तरीकै जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव ७७ वर्षीय महेश्वर राय बताउनुहुन्छ । कर्मकाण्ड र वैदिक परम्पराभित्र घुसारिएका उचनिच भनिने चलन, जातिपाती तथा छुवाछूतको रुढी परम्परा र बिरालो बाध्नेजस्ता विकृत चलन भने हटाउनु पर्नेमा बूढापाका पनि सहमत देखिँदा छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..