» » बंगलादेशबाट सरकार ल्याउन भए साप्टी मल


काठमाडौं असोज २ गते । बंगलादेशले नेपाललाई युरिया मल साप्टीको रुपमा दिने भएको छ । नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल साप्टी माग गरेको थियो । 

सरकारल माग गरे अनुसार बंगलादेशले सो मल दिन तयार भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिनुभयो ।

बंगलादेश सरकारले मल दिन तयार भएपछि हिजो बसेको मन्त्रीपरिषद्को बैठकले त्यहाँबाट मल ल्याउने आधिकारीक निर्णय  समेत गरेको छ । बंगलादेशबाट मल ल्याउने र त्यसका लागि सम्पूर्ण प्रकृया शुरु गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको सचिव भारीले जानकारी दिनुभयो । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ भनि बंगलादेशले पठाएको पत्रमा उल्लेख छ । मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सातको दिनको दिइ म्याद कृषि सामाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरिनेछ । 

सरकारबाट ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रा.लि ललितपुर र होनिको मल्टिपल प्रा.लिले तोकिएको समयमा २५–२५ हजार टन युरिया मल आपूर्ति नगरेका कारण मलको हाहाकार भएको थियो । मलको हाहार भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउने पहल गरेको थियो । 


त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग कुरा गरेपछि युरिया मल ल्याउने प्रकृया शुरु भएको थियो । समयमा मल नल्याई दिएको भन्दै सरकारले ती दुई कम्पनीलाई कारवाही गरिसकेको छ ।


बंगलादेशबाट ल्याइने मल धानका लागि काम लाग्दैन, यो मल गहुँ तथा तरकारी खेतीका लागि मात्र काम लाग्ने कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताउनुभयो । मलको हाहाकार हुनु मुख्य कारण कोरोना नै हो, दोस्रो कारण कम्पनीले समयमा मल नल्याई दिनु हो । यी दुई कारणले धानका लागि अलिअलि मल अभाव भयो । त्यसका लागि बंगलादेशबाट मल मागेपनि त्यसमा काम लाग्दैन उहाँले भन्नुभयो ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..