» » नेकपाकै भातृ संगठनले गर्यो सरकारको कामको विरोध


काठमाडौं भदौं २३ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट गर्ने निर्णयको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भातृ संगठनले विरोध गरेको छ ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भातृसंगठन समेत रहेको अखिल नेपाल किसान महासंघले मंगलवार एक विज्ञप्ति जारी गरी सरकारले भूउपयोग ऐन जारी गरेको लामो समय हुँदा पनि त्यसमा सरकारले त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने भूउपयोग नियमावलीहरु जारी गरी लागु गर्नेपर्नेमा उल्टै कृषि भूमिको समेत पुनः कित्ताकाट सुरु हुनुले नेपाली किसानलाइई दुखी बनाएको उल्लेख गरेको छ । 


महासंघका संयोजक एवं पूर्व कृषि हरिपराजुी तथा सहसंयोजक एवं किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान सरकार गठन भए लगत्तै देशलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने र ५ वर्षभित्र खाद्यान्न निर्यात गर्नेस्तरमा पुराउन लिएको लक्ष्यलाई कृषि भूमिको कित्ताकाट फुकुवा गराउने निर्णयले गैर कृषि क्षेत्रमा कृषि भूमीलाई उपयोग हुने अवस्था सिर्जना भएको उल्लेख छ । 


कृषियोग्य खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णहरु बदर गरेको निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौं १८ गते मन्त्रीस्तरीयबाट गरेको थियो ।


 भूउपयोग नियमावली जारी भई भूउपयोग नक्सा तथा डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सो को आधारमा कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभागमार्फत मातहता कार्यालयहरुमा निर्देशन दिन भूमी व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशन दिएको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..