रौतहट , भदौ १८ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता जनाउनु भएको छ ।
रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरु सँग मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताउनु भयो ।
गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवार सङ्गको भेट्मा उहाँले गरुडाघटना बारे सूक्ष्म छानबिनका लािग आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भइ सकेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गर्नु भयो ।
सो अवसरमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरीलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरि सकेको उल्लेख गर्नु हुँदै न्याय पाउनेमा विश्वस्त रहन पीडित परिवारलाई आग्रह गर्नुभयो ।
यसै गरि माधव नारायण नगरपालिमा हत्या भएको पुजारी राम साहको हत्या स्थल पुग्नु भएका मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभंयो ।
साधु जस्तो व्यक्तिलाई हत्या गर्नेलाई फाँसिको सजाय पनि कम हुने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता अपराधीलाई ईश्वरले पनि माफ गर्न नसक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।
सो अवसरमा भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनितीकरण नगर्न विपक्षीलाई चेतावनी समेत दिनुभयो ।
सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले आजै खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मन्त्री ले सन्युक्त रुपमा प्रहरी चौकिको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यिकरणको शिलान्यास समेत गर्नु भएको छ ।
कार्यक्रममा प्रदेस सभा सदस्य शेख अबुल कलाम, राम किसोर यादव, बाबुलाल साह , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।
No comments: