
पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
त्यसैगरि बालिकालाई बलात्कार गरेको अभियोगमा रौतहटमा पनि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । सोमबार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भइकी बताइएको छ ।
प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताउनुभयो । बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो ।
No comments: