» » पुजारी राम साहको हत्या, कारण रकम लेनदेन

गौर भदौ १७ गते । रौतहटका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको घटनामा आर्थिक कारण भएको प्रहरीले निष्कर्ष निकाल्दै दुईजनालाई पक्राउ पनि गरेको 

 छ। 


प्रहरीले हालसम्म देवाही गोनाही नगरपालिका १ करुनिया बस्ने ३६ वर्षीय रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरेको छ। घटनामा वडाध्यक्षसहित केही व्यक्ति फरार रहेको प्रदेश २ प्रहरीले जनाएको छ ।


प्रारम्भिक अनुसन्धानमा रामनरेशले को माधवनारायण नगरपालिका(२ स्थित खैस्रैया चोकमा रहेको हनुमान मन्दीरका पुजारी श्रीरामसँग ब्याजमा पैसा लिएको र रकम तिर्नेक्रममा विवाद भएको पाइएको छ।  घटना हुनुभन्दा केही दिनअघि राम नरेशले श्रीराम पुजारी रहेको हनुमान मन्दिरको नजिकै मदिरा सेवन गरेर आएर विवाद गरेको प्रहरीको भनाई छ।


गाउँमा फरक मत राख्ने स्वभावका कारण पुजारीको स्थानीयसँग विवाद हुने गरेको प्रहरीको भनाई छ। भदौ ३ गते ६५ वर्षीय श्रीरामको गोली हानी हत्या भएको थियो।


 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..