» » आफ्नै दाजु भाइबाट बलत्कृत हुने बालिका न्यायको खोजीमा

धनुुषा भदौं ३० गते । आफ्नै दाजु भाइबाट बलत्कृत १७ वर्षीया बालिका न्यायबाट बन्चित हुँदै छिन् । 

उनले न्याय नपाउनुमा जिल्ला प्रहरी कार्यालय धनुषा र राजनीतिकर्मी, जनप्रतिनिधिको समेत मिलिभगत रहेको अधिकारकर्मी गुुञ्जा रायले बताउनुुभयो । 

ती बालिका १४ वर्षदेखि घरकै दुवै दाजु भाइबाट  पटक पटक बलत्कृति हुँदै आएकी थिइन् । ती बालिका सुस्त मनस्थितिका पनि हुन् । 

आफ्नो दाजुु भाइमाथि जाहेरी दिएको ८ दिन बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले राजनीति दवावमा मुद्दा दर्ता नगरी बलात्कारीलाइ गाउँमै मुद्दा मिलाउन दवाव दिइरहेको छ । 

एक सप्ताहदेखि पिडितको न्यायका लागि इलाका प्रहरी कार्यालय धनुषाधाम, जिल्ला प्रहरी कार्यालय धनुषा, डिआइजी  समक्ष धाउदै छिन् तर तर हालसम्म मुद्दा दर्ता नभएको राय बताउनुहुन्छ ।

गाउँमा पीडितलाई रकम लिएर मुद्दा मिलाउन भरभलादमीले दवाव दिइरहेको छन् । त्यसका लागि गाउँमा पटक पटक पञ्चायत बसेका छन् तर पीडितले न्याय पाएका छैनन् । प्रहरीकै मिलोमतीमा बलत्कारीले गाउँका अर्को चेलीबेटीलार्इ बलात्कार गर्न उत्साहित भएको रायको आरोप छ । 

उहाँले आफूू पीडितलाई न्याय दिलाउन निकै प्रयास गरेको तर अब असमर्थ हुँदै गएको बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘के गरु अहिले पनि हाम्रो समाज पहिलाकै स्थानमा छ जहाँ थियो । गाउँको कुरा गाउँमै मिलाउनु पर्छ । राजनीतिककर्मी जहाँ रुपैयाँ पाउछँ त्यतै लाग्छ ।’ राजनीतिकर्मीका कारण एउटा बालिकालाई आफू असमर्थ भएको बताउँदै उहाँले 

जबसम्म प्रहरी प्रशासन दवाब प्रभावमा परिरहन्छ तबसम्म यस्ता बालिकाहरु, महिलाहरु  दिनहु बलित्कृत हुँदै जाने बताउनुुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..