
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर त्यसलाई तितिर वितिर बनाएको छ । बुधबार बिहान दूतावासमा धर्ना दिने पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेका थिए । ‘सचेत नेपाली’ नामकको व्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।
युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको समाचारहरु आएको थियो ।
तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ। हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासले मंगलबार राति विज्ञप्ति जारी गर्दै नयाँ भवन बनाइएको क्षेत्र चीनकै भूमि रहेको दाबी गरेको छ। चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित रहेको दाबी गरेका छन्।
नेपालले त्यसबारे थप प्रमाणिकरण गर्न सक्ने पनि उनले उल्लेख गरेका छन् । चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको खुलेपछि त्यसको स्थलगत निरीक्षण गर्न हुम्लाका प्रमख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरुका टोली त्यस क्षेत्रमा छ।
No comments: