» » एकहजार ४५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्युु

काठमाडौं भदौं ३० गते । देशभर १ हजार चारसय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । 

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।  


उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र  होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । 


यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । 


यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।  


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..