
काठमाडौं भदौं ९ गते । नेपालको भूमिको अतिक्रमण गरेको भन्दै केही दिनदेखि चीनको विरुद्धमा नारावाजी भइरहेको छ ।
केही दिन पहिले चिनियाँ राजदूतावासको आगाडीमा प्रर्दशन भएको थियो भने आज जनकपुरमा प्रदर्शन भएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा युवा नेपाल समितिले आज चीनको विरोधमा प्रदर्शन गरेको छ ।
समितिका प्रदेश २ का अध्यक्ष मोहन सिंहको नेतृत्वमा निस्केको बिरोध र्यालीमा ‘ब्याक अफ चाइना’ को नारा लागेको थियो । ‘चिनिया अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चाइनिज सम्राज्य मुर्दावाद’ लगायतका नाराहरु लगाउँदै युवाहरुले जनकपुरको विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।
विरोध र्याली कोणसभामा परिणत भएपछि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले आफ्नो धारणा राख्दै चाइनिज अतिक्रमणमा सरकारले पनि साथ दिएको भन्दै आक्रोश पोखेका थिए ।
त्यस्तै युवा सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहेको अवस्थामा समेत सरकारले चीनको बिरोध गर्नुको साटो उल्टै भूमी नमिचेको अभिव्यक्ति दिएर चीनप्रति यो सरकार कति अधिनस्त रहेको कुरा पुष्टि भएको धारणा राख्नुभयो । केही दिन अगाडी मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले केहि भवन निर्माण गरेको सामाचार बाहिरीएको थियो ।
यद्यपी सरकारले चीनतर्फ कुनै सिमा विवाद नरहेको भन्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले स्पष्ट गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री ज्ञवालीको विरोधमा पनि नारावाजी भएको थियो ।पारेका थिए।
No comments: