काठमाडौं भदौं ३ गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव १५ दिनपछि कोरोनामुक्त हुुनु भएको छ ।
प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा उहाँको रिर्पोर्ट निगेटिभ आएको छ । साउन १८ गते काठमाडौंबाट फर्केपछि साउन १९ गते उहाँले आफ्नो स्वाब परिक्षण गराउनु भएको थियो । दुई दिनपछि आएको रिर्पार्ट अनुसार उहाँको रिर्पोर्ट भोजेटिभ आएको थियो ।
उहाँमा कोरोना पोजेटिभ भएपछि घरमै आइसुलेशनमा बस्नु भएको थियो । घरमै उहाँको उपचार चलेको थियो । डाक्टरले दिएको सुझाव उहाँले आफ्नो स्वास्थ्यमा ध्यान दिएपछि कोरोनालाई जित्न उहाँ सफल हुनुभएको छ ।
उहाँले भन्नुभयो, म आइसुलेशनमा बसेपछि डब्लुएचएले तयार पारेको मापदण्डलाई प्रयोग गरे । डाक्टरहरुले दिएको सुझावलाई अमल गरे र दैनिक शारिरीक अभ्यान गर्नुको साथै लडिबुटी खानपिनमा विशेष ध्यान दिएको कारण आज कोरोनाबाट मुक्त भएको हुँ ।
No comments: