» » ‘प्रधानमन्त्रीले स्थायी कमिटीका सदस्यलाई हुलरवाज र केन्द्रीय समितिका सदस्यलाई सडकछाप भन्नुभयो’

सहारा टाइम्स
काठमाडौं साउन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटीका सदस्यलाई हुलरवाज र केन्द्रीय कमिटीका सदस्यलार्य सडक छाप भन्नुभएको आरोप लगाइएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुसँग छलफल गर्नुहुँदै त्यस्तो आरोप लगाउनु भएको छ । पत्रकारहरुसँग कुरा गर्नुहुँदै वरिष्ठ नेता खनालले भन्नुभयो, प्रधानमन्त्री ओली पार्टीको बैठकहरुबाट डराउन खोज्नु भएको छ, उहाँले बैठक बसाउन चाहनु नै भएको छैन ।’

प्रधानमन्त्री ओलीले स्थायी कमिटीका सदस्यलाई हुलरवाज र केन्द्रीय कमिटीका सदस्यलाई सडकछाप भन्नुभएको आरोप लगाउँदै नेता खनालले आफ्नै पार्टीका नेताहरु प्रति पार्टीका अध्यक्षबाट यस्तो टिप्पणी हुन्छ भने पार्टी कसरी बन्छ भनि प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीमा राजनीति दिशाहिनता देखिएको टिप्पणी गर्दै यो तरिकाले साम्यवादी समाजवाद प्राप्त गर्न नसकिने टिप्पणी गर्नुभएको थियो ।

नेकपा अहिले विशिष्ट अवस्थाबाट गुज्रिरहेको बताउँदै उहाँले नेकपामा आन्तरिक जीवनमा चुनौतीहरु आएको बताउनुभयो । प्रधानमन्त्री अ‍ोलीले मदन भण्डारी फाउण्डेशनमार्फत वडास्तरसम्म कमिटी गठन गरी त्यसबाट आफूहरुको आलोचना गर्न लगाएको टिप्पणी गर्दै उहाँले पार्टीलाई वाइपास गरी सरकार सञ्चालन गरिरहेको आरोप लगाउनुभयो ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओली पार्टीको बैठकहरु बसाउन डराई रहनु भएको आरोप लगाउनुभयो । बैठकबाट डराउने नेता र पानीबाट डराउने किसानले केही पनि गर्न नसकिने टिप्पणी गर्दै उहाँले पार्टीमा विभिन्न कमिटीहरु छन् तर उहाँले कुनै पनि बैठक बसाउन नचाहेको टिप्पणी गर्नुभयो । 

पार्टीको कामका लागि प्रधानमन्त्री ओलीले धेरै पटक धेरै प्रतिवद्धता जनाए पनि त्यो कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । अहिलेको वर्तमान सरकार नेकपाको हो भनि अनुभूती पार्टीले नगरेको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्री ओलीले आफ्नो मनमौजी तरिकाले विभिन्न नियुक्तिहरु गरेको आरोप लगाउनुभयो ।

कुनै पनि नियुक्ति गर्दा पार्टीसँग सल्लाह नगरेको टिप्पणी गर्दै उहाँले पार्टीले सरकार चलाउने हो तर यहाँ सरकारले नै पार्टी चलाई रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्रीमा आइ एम स्टेट, आइ एम पार्टीको प्रवृति देखिएको छ ।’ पार्टीका लागि महाधिवेशन अन्तिम निकाय हो, स्थायी कमिटी र केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र महाधिवेशनमा जानुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीका लागि पोलिसी चेन्ज गरेर योजनाबद्ध तरिकाले अगाडि बढेको आरोप लगाउनुभयो । प्रधानमन्त्री अ‍ोलीले गुटको एउटा गोप्य भेला गरेर आफू विरुद्ध लागेको बताउँदै उहाँले गुटगत राजनीतिले पार्टी अगाडि नबढ्ने दावी गर्नुभयो । प्रधानमन्त्री ओली पार्टीको बैठकबाट डराई रहेको टिप्पणी गर्दै पार्टीले गरेको निर्णय पनि नमानेको गुनासो गर्नुभयो । 

सचिवालयले एउटा कुनै निर्णय गर्छ र दुईघण्टा पछि प्रधानमन्त्री ओलीले त्यसलाई नमान्ने अभिव्यक्ति दिन्नुहुन्छ भने पार्टी र सरकार कसरी काम गरिरहेको छ, त्यो कुरा प्रष्ट भएको उहाँले दावी गर्नुभयो । 
हामीले पार्टी एकता बचाउने पक्षमा रहेका छौ तर प्रधानमन्त्री अ‍ोलीले पार्टीको निर्णय नमान्ने भन्नुहुन्छ भनेको एकता नमानेको बुझ्न सकिन्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो, प्रधामन्त्री अ‍ोली व्यक्तिवादी सोचबाट अगाडी बढनु भएको छ, उहाँले पार्टीमा कुनै सल्लाह गर्नुहुन्न ।’ 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..