» » प्रचण्ड र ओलीबीच झन बढ्यो दुरी, ओलीले बनाउनु भयो अर्को बहाना

काठमाडौं साउन २० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि दुईजना अध्यक्षबीच तीन दिनदेखि बैठक जारी रहेको छ तर सहमति बन्न सकेको छैन । 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाले निकास दिन दवाव दिइरहनु भएको छ भने अ‍ोलीले आफू कुनै पनि हालतमा राजिनामा नदिने अडान लिएर बसेका छन् । 
अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकबाट पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि पहल गर्नुपर्ने 
प्रधानमन्त्री ओलीलाई भनेका थिए तर उहाँले स्थायी कमिटीका बैठक बस्न सक्दैन । उहाँले देशभरि कोरोनाको महामारी फैलिएको छ, यस अवस्थामा स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बसाउनु उचित नभएको भन्दै नयाँ बहान बनाउनु भएको थियो ।

सचिवालयको बैठकबाट समाधान निकाल्दै पार्टीलाई अगाडी बढाउनु पर्ने प्रधानमन्त्री अ‍ोलीको जोड थियो । सचिवालयबाट टुगों लगाएर महाधिवेशनमा जानुपर्ने कुरामा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभएको थियो । 
तर उहाँले आफ्नो पदबाट राजिनामा दिने विषयमा तयार हुनुभएन । बरु अध्यक्ष प्रचण्डलाई तपाईहरुले जवर्जस्ती स्थायी कमिटीको बैठक बोलाउनु भयो भने त्यसबाट हुने क्षतिको जिम्मेवारी तपाईहरु नै हुनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको बालुवाटार स्रोतले जनाएको छ । 

दुवैजना आआफ्नो अडानबाट पछाडी नहटेपछि बैठक मंगलवारका लागि स्थगित भयो । आज दुवैजनामा सहमति हुन्छ भने कुरा नेताहरुले विश्वास गर्नुभएको थियो तर विगतको भन्दा पार्टीको अवस्था झन विग्रिदै गइरहेको छ । 

अवस्था यस्ता भयो कि आज बालुवाटारमा स्वास्थ्य विज्ञ तथा आर्थिकसँग सम्बन्धि विज्ञहरुसँग छलफल थियो तर सो बैठकमा अध्यक्ष प्रचण्डको उपस्थिति थिएन । तर प्रधानमन्त्री अ‍ोलीले उहाँलाई बोलाउनु भएको थियो । कोरोनाको महामारी फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा आर्थिक क्षेत्रका विज्ञहरुसँग आज आफ्नो सरकारी निवासमा छलफल गर्नुभएको छ ।  

त्यसमा राजनीतिक दलको तर्फबाट प्रतिपक्षी दलका नेताहरु नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको पनि उपस्थिति थियोे तर सरकारको नेतृत्व गरेका दल नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को तर्फबाट त्यहाँ कोही देखिएका थिएनन् । 

पार्टी तथा त्यस क्षेत्रसँग सम्बन्धीत विज्ञहरुसँग सल्लाह गर्ने प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई नबोलाउनु भएको होला ? त्यस्तो होइन, प्रधानमन्त्री अ‍ोलीले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छलफलका लागि बोलाउनु भएको थियो ।  

तर उहाँ आफ्नो कार्य व्यवस्तता कारण त्यहाँ उपस्थित हुनु भएन । बालुवाटार स्रोत भन्छ, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको प्रतिक्षा पनि भएको थियो, उहाँ आउनु हुन्छ भनि एकछिन वेट पनि गरिएको थियो तर उहाँ नआएपछि बैठक शुरु भएको थियो । प्रचण्ड आउनु हुन्छ भनेर उहाँका लागि छुट्टै कुर्सी राखेको थियो तर उहाँ नआएपछि अन्तिम समयसम्म त्यो कुर्सी खाली नै थियो ।’

पार्टीको आन्तरिक विवादलाई लिएर दुईजना अध्यक्षको बीचमा द्धन्द चलिरहेको छ । करिब एक महिनदेखि दुईजना अध्यक्षको बीचमा पार्टीको विवाद समाधान बाहेक अन्य विषयमा कुरा हुन छाडेको छ । त्यसअघि उहाँहरुको बीचमा सरकार सञ्चालनको विषयमा पनि छलफल हुन्थ्यो । 

बालुवाटारमा हुने अन्य समसामयीक विषयहरुको छलफलमा अध्यक्ष प्रचण्डको पनि सहभागिता हुन्थ्यो तर असार १० देखि शुरु भएको स्थायी कमिटीबाट उत्पन्न भएको विवादका कारण उनीहरुको बीचमा पार्टीबाहेक अन्य विषयमा छलफल नै हुँदैन । 


पहिला पहिला अध्यक्ष प्रचण्डलाई आवश्यक परेको बेला प्रधानमन्त्री ओलीलाई नसोधिकन सिधै बालुवाटार पुग्नु हुन्थ्यो र आवश्यक छलफल गर्नुहुन्थ्यो तर अहिले प्रधानमन्त्री अ‍ोलीले नबोलाएसम्म, समय नदिएसम्म बालुवाटार ्जानुहुन्न प्रचण्ड । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..