» » नत्र आन्दोलन गर्न बाध्य हुन नपरोस्


-विक्की यादव

करोना महामारी को पहिलो केस द्दण्ज्ञढ(लयखझदभच(ण्ज्ञ मा फेला परेको थियो। त्यस बाट पुरै बिश्व नै प्रभावित भएको अबस्थामा प्रदेश २ का जनता पनि प्रभावित हुनु स्वभाविक नै थियो तर आज कोरोना महामारीको दशौं महिना बितिसक्दा पनि प्रदेश सरकारको तयारी हेर्दा लज्जित र आक्रोशित दुबै बनाएको छ । 


बिना प्लानिङ हचुवाको भरमा गरिएको निर्णयको कारण न त स्थानीय निकायसँग प्रभावकारी समन्वय हुनसक्यो न त क्वारेन्टाइन, आइसोलेशनका व्यवस्थापन हुन सक्यो । अस्पतालहरुको अवस्था अव्यवस्थित र अति नै दैनीय रहेका छन् ।  राजविराज अस्पतालमा महिनोदेखि राखिएको भेन्टिलेटर जडान हुन सकेको छैन । 


उपचार नपाएर जनता छट्पटाइरहेको छन् र दैनिक रुपमा ज्यान गुमाउनु परेको अबस्था छ, यो त गैरजिम्मेवारीपनको प्रकाष्ठा हो । स्वास्थ सेवा पाउनु जनताको नैसर्गिक अधिकार हो भने जनता को ज्यानको सुरक्षा दिनु प्रदेश सरकारको जिम्मेवारी र कर्तव्य हो । प्रदेश सरकार र मधेसी जनताले केन्द्र सरकार (ओलि सरकार) बाट सहयोगको आशा गर्नु मुर्खता मात्रै हुनेछ किनभने केन्द्र सरकारका निर्णयहरु सधैं  मधेस र मधेसी जनताको विरुद्धमा रहने गरेको छ । 


त्यसैले प्रदेश सरकारले आफ्नो बलबुतामा मधेसी जनताको जीउ जानलार्इ पहिलो प्राथमिकता राखि विकास कार्यक्रम तत्काल स्थगित गरि कोरोना महामारीबाट प्रदेशका जनतालाई जोगाउन अस्पतालहरुमा भेन्टिलेटर, एऋच् मेसिन, आइसोलेसन, कोराइनटाइनको ब्यबस्थापनका साथै स्थानीय निकायसँग प्रभावकारी समन्वय गरी एऋच् जाँचका दायरा बढाइ प्रदेश २ का जनतालाई अविलम्ब उपचारका व्यवस्थापन गर्न बिनम्र अनुरोध गर्द्छु । होइन भने जनताको रक्षाका लागि आफ्नै सरकार विरुद्ध आन्दोलन गर्न बाध्य हुनु नपरोस् । जय मधेस ।


(विक्की यादव जसपा नेपालका नेता एवं प्रदेश सांसद हुनुहुन्छ)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..