काठमाडौँ साउन ३०–राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगञ्जस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ ।
पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दु र बौद्ध धर्मावलम्बिहरु माथि भइरहेको हिसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार पाकिस्तानी राजदुतावास पुगेर विरोध प्रदर्शन गरिएको हो । पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिंसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको दावी छ ।
संयोजक यादवले भन्नुभयो, ‘पाकिस्तानले आज आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाई रहेको छ । यसै अवसरमा हामीले उक्त देशमा रहेका हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि मुसलमानहरुले हिंसा गरिरहेका छन् । मन्दिरहरु तोडफोड गरिरहेका छन् । छोरी चेलीलाई बलात्कार र हत्या गरिरहेका छन् । बलजफ्ति विवाह गर्ने र धर्म परिवर्तन गराउने काम गरिरहेका छन् । तर, पाकिस्तानी सरकार मौन छ । मानवता हराइरहेको बेलामा पनि सरकार मौन बसेको छ ।’
‘करिब ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दुहरु थिए । आज एक प्रतिशत पनि हिन्दुहरु छैनन् । यति धेरै हिन्दु धर्म मान्ने मान्छेहरु कहाँ गए ? विश्वलाई थाह छ कि पाकिस्तानमा बहुसंख्यक रुपमा रहेका मुसलमानहरुले अन्य धर्म मान्ने मान्छेलाई देख्नै सक्दैनन्। कुट्ने, पिट्ने, मार्ने, बलात्कार गर्ने जस्ता अपराधिक कामहरु गर्छन् ।
यस्ता अपराधहरुलाई रोक्नका लागि हामीले दुतावास अगाडि प्रर्दशन गरेका हौं ।’ अध्यक्ष यादवले भन्नुभयो ।
उहाँले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धडपकड गरेको पनि आरोप लगाउनुभयो । पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको छ भने भारतले भोली आफ्नो ७४औं स्वतन्त्रता दिव मनाउने तयारी गरिरहेको छ ।
No comments: