» » भगवान भरोसे हिन्दू होटल


-रामकुमार शर्मा

 लकडाउन, सटडाउन, निषेधाज्ञा वा कर्फ्यु मात्रै कोरोना महामारीबाट समाधानको उपाय होइन, यो प्रक्रिया लामो समय सम्म जारि राख्दा भोकमरी र भारिआर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । जुन हाम्रो जस्तो गरिब मुलुकको आर्थिक अवस्थाले धान्न मुस्किल हून सक्छ । 


यो रोग नियन्त्रणमा आउन लामो समय लाग्ने निश्चित छ साथै यो सामुदायिक स्तरमा समेत फैलिसकेको अवस्था पनि छ । यसको ठोस औषधि पत्ता नलागेको र उपचारको लागि आवश्यक व्यवस्थाको कमिले गर्दा आम नागरिकमा भय र आतंकको अवस्था सृजना हुदै गइरहेको छ ।


शुरू(शुरुमा कोरोनको बिरामी पत्ता लगाउन सरकारले ठुलो खर्च गर्नुपरेको र बिरामी पता लागेको अवस्थामा अनिवार्य आइसोलेसनमा बस्नुपर्ने उर्दी नै जारि गर्यो। आम नागरिकमा कोरोना प्रमाणित बिरामी लाई एक छिन पनि गाउँघरमा राख्नु खतरनाक हो भन्ने प्रचार गरियो ।


तर अहिले अवस्था फेरिएको छ, सरकारले नै कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न, र कोरोना संक्रमित सक्रिय भएपछि अर्थात् कोरोना संक्रमितलाई रुघा खोकी र उच्च ज्वरोको साथै स्वास प्रस्वासमा समस्या आएपछि मात्रै अस्पतालमा ल्याउने भनिरहेको छ । मेरो प्रश्न छ केही समय पहिला एक लाख खर्च गरेर एउटा कोरोना बिरामी पत्ता लगाउने र संक्रमितलाई तुरुन्तै अस्पतालको १४ दिन सम्म आइसोलेसनमा राखेर कोरोना मुक्त भएको रिपोर्ट आइसकेपछि मात्रै घर फर्काउने सरकारले एकाएक किन आफ्नो नितिमा परिवर्तन गरेर कोरोना संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने भन्यो ? मानौ धेरै कोठा भएकाहरुले यो विधि अपनाएर जसोतसो काम चलाउला तर गरिवहरू जोसँग घरको नाममा एक आध कोठा मात्रै होला, उनिहरु कसरी आइसोलेसनमा बस्ने ?


मेरो बुझाईमा कोरोना बिरामीको उपचार बारे जुन सरकारी नीतिमा परिवर्तन देखिएको छ यसको मुख्य कारण संघ र प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचार बारे सही व्यवस्थापन गर्न नकेको परिणाम हो यो  नत्र भए कुनै समयमा कोरोना बिरामी गाउँ घरमा बस्नै नहुने प्रहरी लगाएर भएपनि अस्पतालको आइसोलेसनमा ल्याइहाल्नु पर्ने आज उही बिरामी अस्पताल ल्याउनै नहुने, घरमै बस्नु पर्ने, यो खेल हेरेर म आश्चर्य चकित भएको छु ।

भगवान भरोसे हिन्दू होटल

रामकुमार शर्मा

यस्तो हुनुको मुख्य कारण हो लकडाउन, सटडाउन वा निषेधाज्ञालाई नै रोग निवारणको एक मात्र राम वाण मान्नु, भगवान भरोसो हिन्दू होटल भने जस्तै उपचारको अन्य कुनै पनि तयारी बिना नै कोरोना पता लगाइदिने र घरमा बसेपछि आफै ठिक भै हाल्छ भनि भगवान भरोसे छोडिदिने । सम्पन्नहरू आफ्नो खर्चमा एम्बुलेन्स वा जहाज चार्टरको प्रयोग गरेर सिमित संख्यामा रहेको आइसोलेसन, आइसियू र भेन्टिलेटरको सुविधा लियोस् बाँकी भगवान भरोसे हिन्दू होटल जस्तै भाग्यमा बिश्वास गरेर घरमै बसुन ।


मेरो बिचारमा एउटै बिरामीको लागि केही समय पहिला एउटा नीति र केही समय पछाडि अर्को नीति बिरामी उपचारको लागि सरकारको सही नीति होइन, आफ्नो कमजोरी लुकाउने, जिम्मेवारीबाट पंन्छिने गैरजिम्मेदार र जनबिरोधी क्रियाकलाप हो । संघ र प्रदेश दुबै सरकारले यो जिम्मेवारीबाट भागेर समस्याको समाधान हुदैन।

 यसको लागि कम्तीमा पनि ६-१२ महिना सम्मको मोटामोटी बिरामीको संख्याको आधारमा घरमै राखेर उपचार गर्न सक्ने, आइसोलेसनमा राखेर उपचार गर्ने सक्ने, आइसियूमा राखेर उपचार गर्न सक्ने र भेन्टिलेटरमै राखेर उपचार गर्न सक्ने संख्या कति हुन्छ ? सोको आधारमा तत्काल ब्यवस्था गर्नूको बिकल्प छैन ? तसर्थ विज्ञहरूको सुझावमा सातवटै प्रदेश र काठमाडौंमा छ महिना देखि एक बर्षसम्म अनुमानित कोरोना संक्रमितहरूको संख्याको आधारमा आइसोलेसन, आइसियू र भेन्टिलेटरको आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारसँग हार्दिक अनुरोध गर्दछु । 

साथै एलोपैथिक उपचारमा मात्रै भर नपरी आयुर्वेद र होमियोपैथिक प्रबन्धलाई समेत प्रभावकारी रुपमा अगाडि बढाउन समेत ध्यानाकर्षण गराउदछौ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..