» » प्रदेश नं २ सरकारलाई १० सुझाव


-रामकुमार शर्मा

संघियता गाली गरेर मात्रै समृद्ध हुदैन, आफुले प्राप्त गरेको अर्थ र अधिकार को इमानदारी साथ कुशलता पूर्वक प्रयोग गरौ, गाली मात्रै गर्ने होइन ताली खाने गरि जनसेवाको काममा जुटौ ।

कोरोना महामारी जनताको लागि संकट हो भन्ने सरकारको लागि यो अवसर पनि हो । विगतमा केन्द्रीय सरकारको पहुँच आम नागरिकसँग सुविधाजनक ढंगले नपुगेकै कारण संघियताको लागि सर्घष एंव बलिदान भएको हो । राजनीतिक अधिकारको क्षेत्रमा हाल अलि थोरै अधिकार पाएको होला, भोली सम्पूर्ण अधिकार पाउला, किनकी अधिकारको सर्घष निरन्तर जारी नै रहन्छ । 


शासक वर्ग बेइमान हुँदासम्म नागरिकले शक्ति संचय गर्दे जाने र निरन्तरको संघर्षबाट शासकलाई बाध्य गरेर घुडा टेकाएर अधिकार लिने हो । तर शासित वर्गको पार्टीले एउटा कुराको जहिले पनि ख्याल गर्नुपर्छ की मालिकसँगको लडाईमा ऊ आफूलाई जहिले पनि जनतामा मालिक भन्दा इमान, जमान, एंव योग्यता क्षमतामा जनताले स्पष्ट अनुभूति हुनेगरी फरक रहेको व्यवहारमै देखाउन सक्नुपर्दछ ।

मुलुक संघियतामा गएको छ, तीन तहको सरकार छ । अहिले नागरिक कोरोना महामारीको आतंकले बेहाल छ । यो महामारी बिरूद्ध बिजय प्राप्त गर्न तीनै तहको सरकार बीच समन्वय सहकार्य, र सहमतिमा एक ढिक्का भएर बढने समय हो । 


तीनै तहको सरकार बिचको इमानदार प्रतिबद्धता र संकल्पले मात्रै हामी जस्तो मुलुकले कोरोना माथि बिजय प्राप्त गर्न सकिन्छ तर भनिए जस्तो अल्पकालीन र दीर्धकालिन व्यबस्थित योजनाको साथ तीनै तहको सरकार अगाडि बढ्न सकिरहेको छैन, तसर्थ यस्तो अवस्थामा संघियताको जननी मधेस र त्यसमा पनि प्रदेश नम्बर २ को सरकारको लागि यो चुनौतीलाई अवसरको रूपमा बदल्न अनुरोध गर्दछु ।


अहिलेसम्म प्रदेश नम्बर २ को सरकारबारे कुनै सरसल्लाह, सुझाब वा आलोचना गर्दा आफ्ना सबै कमि कमजोरी संघको टाउकोमा राखेर आफ्नो जिम्मेवारीबाट पन्छिने र आफ्नो अयोग्यतालाई लुकाउने, छिपाउने, र गल्ती कमजोरी स्वीकार गरी अगाडि बढ्ने संस्कारमा समस्या देखिन्छ । 


संघमाथि समस्या देखाउनु भन्दा आफुले नै उदाहरणीय काम गरेर आमनागरिक लाई संघियताको अनुभूति दिलाउदै केन्द्रीय सरकारलाई चुनौती दिन र राम्रो कामको लागि अनुकरण गर्न बाध्य बनाउनका लागि निम्न सुझावहरू राख्न चाहन्छु ।


१. प्रदेश सरकारले सबै स्थानिय सरकार संग समन्वय गर्ने।

२. आठवटै जिल्लामा एऋच् मेसिनको व्यवस्था गर्ने।

३. टेस्टिङ र ट्रेसिङको दायरा बढाउने।

४. आठवटै जिल्ला अस्पतालमा छिटो छरितो र सस्तोमा तयार हुने फ्रिबिकैब्स र फलामको पाइप एंग्लस बाट ३०० ५०० बेडको व्यवस्थित आइसोलेसन वार्ड बनाउने।

५. आठ वटै जिल्ला अस्पतालमा २०(२५ बेडको आइसियू र भेन्टिलेटरको ब्यवस्था गर्ने ।

६. प्रादेशिक अस्पताल जनकपुरमा १००(१५०को संख्यामा आइसियू र भेन्टिलेटरको व्यवस्था गर्ने ।

७. कोरोना उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको सेवा सुविधा र सुरक्षामा बढोत्तरी गर्ने ।

८. कोरोना संक्रमित ठहर भइसकेपछि अस्पतालदेखि घरसम्म ल्याउने र पुर्याउने जिम्मा स्थानीय सरकारले लिने ।

९. गरिव, मजदुर वा असहाय परिवारका काम गर्ने व्यक्ति नै सक्रमित भएको अवस्थामा निजहरूको गुजाराको लागि आवश्यक प्रबन्ध स्थानीय सरकारले गर्ने।

१०. उपरोक्त अनुसारको जिम्मेवारी पुरा गर्न नसक्ने भए प्रदेश सरकारबाट राजिनामा गर्ने ।


(रामकुमार शर्मा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..