–रामकिशोर सिंह
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी समितिको बैठक साउन २१ गतेदेखि २४ गतेसम्म ललितपुरको च्यासलस्थित तुलसी लाल अमात्य प्रतिष्ठानमा सम्पन्न भएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी एकीकृत भएर बनेको जनता समाजवादी पार्टी पहिलो पटक बसेको कार्यकारिणी समितिको बैठकले विभिन्न परिस्थितिले गर्दा मुलुक अत्यन्तै संवेदनशील मोड रहेको ठहर गरेको छ ।
हामी लगायत जनता समाजवादीसँग आवद सम्पूर्ण अग्रजहरुको र आमनेपलीको एउटै अर्जुनदृष्टि रहेको छ कि जनता समाजवादी पार्टी देशको एउटा बैकल्पिक शक्तिको रुपमा परिणत होस्
हाम्रो पार्टी वर्तमान परिस्थितिमा सम्पूर्ण कार्यकर्ता पद्धती र समग्र देशको वर्तमान परिस्थिति बारे कस्तो निर्णय आउछ, सम्पूर्ण आम नेपली को नजरमा कार्यकारिणी समिति माथि छ ।
तर विडम्बना के छ भने समुनत संघीय समाजवाद र समाजवादी लोकतन्त्रका अनुयायी पक्षधरहरुबाट पहिलो गाँसमै पार्टीका जिम्मेवार नेताहरु बाट बरिष्ठता र कार्य विभाजन लगायतका कुरा ल्याएर सात बुँदे एजेण्डाको ठोस कुनै निर्णय न आऊनु अहिलेको अवस्थामा हाम्रो पार्टी र आम नेपलीको लागि एकदमै निराशाजनक कुरा हो ।
हाम्रो पार्टी फेरी एक पटक एकीकृत हुनु भन्दा पहिलाको अवस्थामा पुर्याएको महसुस भयो । यो अत्यन्तै दुखद् र आम नेपालीले सोचेको बैकल्पिक शक्तिमाथि देखिएको कालो बादल हो ।
यो बादललाई सफा पार्नु पर्दछ र हाम्रो पार्टीको कार्यकारिणी समितिको पहिलो बैठकबाट पार्टीको समग्रहितमा र मुलुकको अत्यन्तै भिसम परिस्थितिको बारेमा मार्ग निर्देशन गर्ने खालको निर्णय आउनु पर्दछ न कि बरिष्टताका कुरा संघीय संसदीय दलका नेता प्रादेशिक दलका नेता र प्रादेशिक सरकारका बारेमा अन्य सब बिषयमा सहमतिमै निर्णय लिनु पर्दछ ।
सहमतिमा न भए विश्वव्यापी लोकतन्त्रका मूल्यमान्यता अनुरुप लिनु पर्दछ । हामी तपाईलाई के सम्झना होस् हाम्रो मित्रराष्ट्र भारतमा महान व्यक्तित्वहरु विश्वनाथ प्रताप सिंह, चन्द्रशेखर सिंह, देवीलाल, एच. डि. देव गौरा, आइके गुजराल, जर्ज फर्नान्डिज, नविन पटनायक, अजित कुमार, मुलायम सिंह, लालु यादव लगायतका महान समाजवादीहरु भारतीय राष्ट्रिय काँग्रेस र भारतीय जनता पार्टीको विकल्पमा ११ अक्टुवर १९८८ मा शसक्त बैकल्पिक शक्तिको निर्माण भएको थियो र त्यो वैकल्पिक शक्तिले भारतमा पूर्ण बहुमतको सरकार पनि बनायो र त्यो सरकारले आफ्नो पुरा कार्यकाल पनि पुरा गर्न पाएन किनकि त्यहाँ पनि पद र कुर्सीको लडाई थियो त्यहाँ त महान समाजवादी चिन्तन भएका नेतृत्व थियो र त्यहाँ पनि वरिष्टता र कुर्सीको विवाद यति चुल्यो कि त्यो वैकल्पिक शक्ति बनाउने महान समाजवादी हरु को अवस्था के भयो इतिहास साक्षी छ ।
यहाँ पनि महान समाजवादीहरुको वैकल्पिक शक्ति आह्वानको हविगत उहाँहरु जस्तै न होस् र समयमै पार्टी र मुलुकप्रति ध्यान जाओस् र यो बैकल्पिक शक्ति निर्माणको यात्रा पार्टी र मुलुकको लागि सुखद् र मंगलमय होस कामना गर्न चाहन छौ ।
No comments: